About Us
सुन्दर, शान्त र सरल वातावरणमा हुर्केको नेपाली समाजलाई आजको विसंगत र विग्रह उन्मुख स्थितीमा ल्याउन गरिबी, पछौटेपन र बेरोजगारीले सबैभन्दा महत्वपुर्ण भूमिका खेलेका हुन, राजनीति केवल निमित्त नायक हो । गरिब नेपालीका छोरा छोरीहरुले रोजगार बजारमा प्रवेश गर्ने वय काटिसक्दा पनि आफ्नो पौरखमा बाच्न नपाउने, नसक्ने अवस्थाले गर्दा सपना बा“ड्ने कुनैपनि समूहको लागि रगत बगाउन तयार हुनु आफैमा आश्चर्यको कुरा होईन । तर हिंसा, अराजकता र लुटको राजनीतिले कुनै समूहलाई केहि समयको लागि शक्तिमा पु~याउला वा कसैलाई ओराल्ला, गरिब जनताको पेटको आगो अवश्य निभाउँदैन । देश विकासका लागि रोजगारी चाहिन्छ, उत्पादन, बजार र व्यवस्थापन चाहिन्छन् । जुनसुकै राजनीतिक दलले जे भनेता पनि नयाँ नेपालको निर्माणका लागि आर्थिक उन्नती पहिलो शर्त हो । यी विषयमा लेख्न,बोल्न र जनचासो बढाउन नेपाली संचार जगत अझै पर्याप्त अगाडि नआईसकेको हामीले अनुभव गरेका छौं ।
त्यसैले नेपालको आर्थिक विकासको पाटोमा लागेको पर्दा उघार्न नेपालको पहिलो राष्ट्रिय आर्थिक दैनिक कारोबार ले उल्लेख्य भूमिका खेल्नसक्छ भन्ने आशा र विश्वासका साथ यो प्रकाशन यहाँहरु समक्ष प्रस्तुत गर्न पाउँदा टिविआई पब्लिकेशन्स परिवार गौरवान्वित महशुश गर्दछ । हत्या, हिंसा, बन्द, आतंकका समाचारहरुबाट आक्रान्त पाठकका आँखाहरुलाई अर्थ, उद्योग, वाणिज्य, रोजगारी र दैनन्दिनीका उपयोगी सूचना र समाचारले दैनिकी शुरु गर्दा केहि गर्ने उत्साह, जाँगर र महत्वकांक्षा उत्पन्न हुनेछ भन्ने हामीले विश्वास लिएका छौं । विकसित देशहरुमा सधै जनताको जीवनमा सिधै प्रभाव पार्ने आर्थिक समाचारहरुले महत्व पाएको कुरा देखेका र बुझेका गैर आवासिय नेपालीको मुख्य लगानी रहेको यो पत्रिकाले आफ्नो हितभन्दा देशका आर्थिक मुद्दाहरुलाई सशक्त रुपमा उठाउन र देश निर्माणको वृहद कार्यमा एउटा ईंटामात्र थप्न सक्यो भनेपनि हामी हाम्रो अथक मेहनत र लगानी सफल भएको ठान्ने छौं । यो पत्रिकाले व्यापारी र उद्योगपतिमा मात्र होईन सम्पुर्ण जनतामा आर्थिक क्रान्तिको तरंग पैदा गर्न सक्यो भने हामीलाई थप सन्तुष्टि प्राप्त हुनेछ ।
यससंगै हामीले मनन पनि गरेका छौं, जनताको आस्था र विश्वास नजिती सफल होईदैन, किनभने यो पत्रिका जनताको माया र विश्वास बाहेक अरु कुनै दृश्य वा अदृश्य शक्ति केन्द्रको सहयोगमा चल्नेवाला छैन । यो पत्रिकाले कहिल्यै कुनै राजनीतिक दलको पृष्ठ पोषण पनि गर्नेछैन र कुनै राजनीतिक आस्था अघि बढाउने कार्य पनि गर्नेछैन । तर देश र जनताको लागि सहि हो भनेर हाम्रो सम्पादकिय समूहले देखेको कुरा बिना कुनै डर, त्रास जनता सामू ल्याउन किंचित पनि हिचकिचाउने छैनौं। खुल्ला आर्थिक नीति र जनताले काम गरेर कमाउने, जोगाउनेर बाँच्न पाउने अधिकारको रक्षा गर्न हामीलाई कसैले बन्देज लगाउन सक्ने छैन। हामीलाई आशा र विश्वास छ हाम्रा मान्यता र विश्वासहरुलाई यहाँहरु सबैले उच्च मूल्याकंन गरेर यो पत्रिकालाई तपाई्रंको आफ्नो पत्रिकाको रुपमा सदा माया र विश्वास दिनुहुनेछ ।
शिशीर भट्ट
प्रबन्ध निर्देशक


