मेरो रोजाइ- धर्मेन्द्र सेवान
मेरो रोजाइ
धर्मेन्द्र सेवान, गायक

एक दशकअघि सांगीतिक क्षेत्रमा लागेका गायक धर्मेन्द्र सेवान नेपाली तारा २००५ मा फस्ट रनरअप भएपछि यस क्षेत्रमा चम्किए । अहिलेसम्म दुई वटा एल्बम स्रोतामाझ ल्याइसकेका सेवानले तेस्रो एल्बमको तयारी गरिरहेका छन् । ‘द गेम’, ‘मिस यु’, ‘रघुवीर’, ‘इलाका’, ‘हाम्रो मिलन कहिले हुन्छ’, ‘बडीगार्ड’, ‘रंग’, ‘होमवर्क’, ‘काठमाण्डू नाइट’, ‘ग्याङस्टार’ लगायत दुई दर्जन चलचित्रमा पनि स्वर दिइसकेका सेवानले ६ मुलुकमा आफ्नो प्रस्तुति देखाइसकेका छन् । फेरि पनि प्रस्तुतिकै लागि विदेश जाने तयारीमा रहेका उनी स्टेजमा जम्ने र दर्शकलाई बाँधिराख्ने कलाकारको कोटीमा पर्छन् । फोटोग्राफीका सौखिन सेवान यसैका कारण दुई वटा डीएसएलआर क्यामरा पनि प्रयोग गर्छन् । लगातारको बन्दपछि खुलेको एक साँझ फ्रेस हुन कीर्तिपुर गएका सेवानले आफूले प्रयोग गर्ने केही सामानको ब्रान्ड सुनाउन भ्याए ः
परफ्युम
अरमानी
ल्यापटप
एसर
घडी
जर्मनी ब्रान्ड हेनरिक सोह्न
सवारी साधन
एभेन्जर, बजाज
स्याम्पु
लिभिया
मोबाइल
आइफोन थ्री जीएस
क्यामरा
सोनीको डीएसएलआर २९० र अर्काे क्याननको ।
चस्मा
रेबान
जुत्ता
नाइकी, पुमा, बीएफ डियर हिल
पर्स
साची
ट्याबलेट
आइप्याड किन्ने विचारमा
जिन्स
अमेरिकन इगल, लक्की



