युरोजोन संकटले पूर्वी एसिया आहत

वर्ग: विश्व
मिति: Thursday,24th May 2012 23:28 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



ब्रसेल्स, ११ जेठ- युरोजोनको कर्जा संकटले पूर्वी एसियाका अर्थतन्त्रहरू प्रभावित हुने विश्व बैंकले चेतावनी दिएको छ ।
क्षेत्रमा आउने संवेदनशील अवरोधले वृद्धि प्रभावित हुने र पूर्वी एसियाबाट हुने निर्यात र माग प्रभावित हुने बैंकले बताएको छ ।
पूर्वी एसियाली मुलुकहरूले आफ्नो मुलुकको अर्थतन्त्र पुनः सन्तुलन गर्न र वृद्धिलाई दिगो बनाउन आन्तरिक मागलाई बढावा दिनुपर्ने बताएको छ ।
बैंकले चिनियाँ वृद्धिमा अपेक्षाकृत तीव्र संकुचन आएकाले क्षेत्रको वृद्धिमा थप त्रास पैदा भएको बताइएको छ ।
विकासशील पूर्वी एसियाको कुल गार्हस्थ्य उत्पादनको ८० प्रतिशत हिस्सा ओगट्ने चिनियाँ अर्थतन्त्रमा आएको मन्दीले क्षेत्रभरीको वृद्धिमा गिरावट ल्याएको छ । निर्यात गन्तव्यका रूपमा चीनको बढ्दो भूमिका र वैदेशिक लगानीको स्रोतलाई आधार मानेर चीनको वृद्धि घटाइएको बैंकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
“विशेषतः चिनियाँ लगानीमा आएको मन्दीले वस्तु र पुँजीगत सामानको माग प्रभावित हुनेछ । यो अवस्थाले बृहत् रूपमा चिनियाँ मागमा निर्भर रहेको प्राकृतिक स्रोतको निर्यात प्रभावित  हुनेछ,” बैंकको प्रतिवेदनमा उल्लेख छ ।
वृद्धिमा आएको मन्दी
चालू आर्थिक वर्षमा पूर्वी एसियाको अर्थतन्त्र मन्द हुने अपेक्षा विश्व बैंकले गरेको छ ।
बैंकको प्रक्षेपणले २०१२ मा क्षेत्रको वृद्धि प्रक्षेपण अघिल्लो वर्षको ८.२ बाट घटाएर ७.६ प्रतिशतमा झारेको छ । अमेरिका र युरोपजस्ता प्रमुख निर्यात मुलक क्षेत्रबाट आएको निर्यात मागको कमीका कारण वृद्धि प्रक्षेपण घाटाइएको हो ।
अन्य विकासशील क्षेत्रजस्तै पूर्वी एसियाको अवस्था अमेरिकाको मन्द सुधारबाट प्रभावित हुने र यो विशेष गरी युरोपको अनिश्चित अवस्थाबाट सिर्जित भएको बैंकले बताएको छ ।
यदि विश्वव्यापी आर्थिक अवस्था झनै खराब भएमा क्षेत्रको वृद्धि थप मन्द हुने चेतावनी बैंकले जारी गरेको छ ।
विकसित बजारको वृद्धिको अवस्था र विश्वव्यापी मन्दीलाई पुनः नवीकरण गर्ने सम्भावित प्रभावले व्यापार र पुँजी प्रवाह प्रवाहित हुने बताइएको छ । विश्व अर्थतन्त्रमा बढेको अनिश्चित अवस्थाले युरोप, जापान र प्रायःजसो पूर्वी एसियाली मुलुकको वृद्धि प्रवाहित हुने बताइएको छ ।
 

  • सम्बन्धित समाचार
Comments