एमाओवादीको कार्यकर्ता प्रशिक्षण

वर्ग: राजनीति
मिति: Sunday,10th June 2012 02:21 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं २८ जेठ - आगामी असार १ गते आयोजना गरिनलागेको बृहत् जनसभालाई सफल बनाउनका लागि एकीकृत नेकपा माओवादीले आइतबार नेवाः राज्य समितिका कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । ललितपुरस्थित खन्ना गार्मेन्टमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेवाः राज्य समितिका सचिव नारायण दाहालले असार १ गतेको जनप्रर्दशन रणनीतिक महत्वको भएकाले त्यसलाई जसरी भए पनि सफल बनाउनका लागि जुट्नुपर्नेमा जोड दिए । कार्यक्रमलाई सफल बनाउन प्रत्येक घरबाट जनतालाई सहभागिताका लागि आह्वान गर्दै जनप्रर्दशनलाई भव्य र व्यवस्थित बनाउनका लागि अनुरोध गर्नुपर्नेमा उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिए । एकीकृत नेकपा माओवादीका पोलिटब्युरो सदस्य हिसिला यमीले पहिचानसहितकोे संघीयता र संघीयतासहितको संविधान नेपाली काँग्रेस र नेकपा एमालेका कारण सम्भव नभएको भन्नेबारे जनतालाई जानकारी गराउनका लागि जनप्रर्दशन कार्यक्रम आयोजना गरिन लागेको बताइन् ।  उनले पार्टी फुटाउन खोज्नेहरुलाई समेत सो कार्यक्रमले एकताका लागि बाध्य बनाउने र पार्टी एकताको आधार तयार पार्ने विश्वास व्यक्त गरे । जनप्रदर्शनमा विभिन्न आदिवासी जनजाति नेताहरुको समेत सहभागिता रहने बताइएको छ । प्रशिक्षण कार्यक्रममा नेवाः राज्य समितिअन्तर्गतका २०० भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको थियो । रासस
 

  • सम्बन्धित समाचार
Comments