कुटपिटबाट मृत्यु
सिरहा,७ असार - घरायसी विवादका कारण कुटपिटबाट गम्भीर घाइते भएका सिरहा दुर्गापुर ३ का जोगिन्द्र दासको गएराति मृत्यू भएको छ । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीका अनुसार, दुर्गापुर गाविस वडा नंम्बर ४ का लक्ष्मण महतो र असेस्वर महतोले गत जेठ २६ गते घरायसी झगडाका कारण दासलाई निर्घात कुटपिट गरेको थिए । कुटपिट गरेर भाग्ने लक्ष्मण र असेस्वर महतो र उनीहरुका बाबुलाई इलाका प्रहरी कार्यालय गोलबजारले पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।



