ऋण तिर्न नसकेपछि आत्महत्या
खोटाङ,२७ असार - ऋण तिर्न नसकेर खोटाङमा एक पुरुषले आत्महत्या गरेका छन् । साहुबाट लिएको ऋण भाकामा तिर्न नसकेका कारण हौंचुर–५ का ३७ वर्षीय बिष्णु परियारले आत्महत्य गरेका हुन् । चिसापानीका गोबिन्द आचार्यबाट लिएको २४ हजार ४ सय ९२ रुपैयाँ ऋण गत असार २५ गतेको भाकामा तिर्न नसकेपछि परियारले बिष सेवन गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।



