नेप्सेमा ५ अंकको सुधार

मिति: Wednesday,11th July 2012 01:03 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, २६ असार- सेयर बजारमा सुधार आउने क्रमले निरन्तरता पाएको छ । मंगलबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य बढेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ५ अंकले बढेको छ । सोमबार नेप्से साढे  दुई अंकले बढेको थियो ।
सोमबार लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को प्रतिकित्ता सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यसैगरी, बैंक अफ काठमान्डू, एभरेस्ट बैंक, चिलिमे हाइड्रोपावर, नबिल बैंक, राष्ट्रिय बिमा संस्थान, नेपाल टेलिकमलगायतका कम्पनीको सेयर मूल्य बढेको छ ।
सीमित कम्पनीहरूको सेयर मूल्यमा आएको सुधारको प्रभाव नेप्सेमा परेको बताउँदै नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष अञ्जनराज पौड्याले भने, “बजारमा सुधार आउनका लागि त्यस्तो परिवर्तन केही भएको छैन ।” पछिल्लो समयमा नेप्सेमा आएको सुधारले आगामी दिनमा पनि सुधार आउने संकेत गरेको पौड्यालको भनाइ छ ।
कारोबार पहिलो समयदेखि बढ्न सुरु गरेको नेप्से अन्तिम सयमसम्म कायम रह्यो । कारोबार सुरु हुँदा ३८०.१२ अंकमा रहेको सेयर बजार परिसूचक ५.१८ अंकले बढेर ३८५.३ अंकमा पुगेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि १.४१ अंकले बढेको छ ।
मंगलबार बैंकिङ, विमा, अन्य, जलविद्युत्लगायत कारोबार भएका सम्पूर्ण समूहगत परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । नेप्सेमा बैंकिङ ५.६३, विकास बैंक १.०१, बिमा ५.६६, वित्त ०.२७, होटल ५.४३, जलविद्युत् ११.६३ र अन्य ९.४ अंकले घटेका छन् ।
नेप्से परिसूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । मंगलबार नेप्सेमा ८१ कम्पनीको १ हजार १ सय ६६ कारोबारवाट ५ करोड २३ लाख ४७ हजार रुपैयाँबराबरको १ लाख २६ हजार ४ सय ४१ कित्ता सेयर खरिद बिक्री भएको छ । यो कारोबार रकम सोमबारको तुलनामा २३ लाख रुपैयाँ धेरै हो ।
सोमबार नेप्सेमा ८० कम्पीको १ हजार ३१ कारोबारबाट ४ करोड ९० लाख ४० हजार रुपैयाँबराबरको १ लाख ८८ हजार ३ सय ११ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
मंगलबार नेप्सेको बजार पुँजीकरणमा पनि सुधार आएको छ । सोमबार ३ खर्ब ५९ अर्ब १७ करोड भएको कुल बजार पुँजीकरण बढेर ३ खर्ब ६४ अर्ब ७ करोड पुगेको छ ।
मंगलबार नेप्सेमा चिलिमे हाइड्रोपावर कम्पनीको धेरै रकम र सेयर कारोबार भएको छ । कम्पनीका ९६ कारोबारबाट १ करोड ३३ लाख ८८ हजार रुपैयाँबराबरको १५ हजार २ सय ९४ कित्ता सेयर किनबेच भएको छ । कन्ट्री डेभलपमेन्ट बैंकको धेरै पटक सेयर खरिद बिक्री भएको छ ।
मंगलबार नेप्सेमा
परिसूचक ः ५.१८ ले बढ््यो  
कारोबार रकम ः    ५ करोड २३ लाख ४७ हजार
सेयर     ः    १ लाख २६ हजार ४ सय ४१ कित्ता
बजार पुँजीकरण ः     ३ खर्ब ६४ अर्ब ७ करोड
धेरै रकम कारोबार हुने कम्पनी ः चिलिमे हाइड्रोपावर कम्पनी


 

  • सम्बन्धित समाचार
Comments