मलको माग गर्दै धर्ना र विरोधसभा

वर्ग: देश
मिति: Thursday,5th July 2012 05:03 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, २१ असार-  नेपाल विद्यार्थी सङ्घसमर्थित विद्यार्थीले कृषकलाई सुलभ र सुपथ मूल्यमा मल उपलब्ध गराउनुपर्ने माग गर्दै कुलेश्वरस्थित कृषि सामग्री कम्पनीको कार्यालयमा आज धर्ना दिएका छन् । विद्यार्थी नेता डिल्लीराम सुवेदीले “अहिले कृषकलाई मलको आवश्यकता पर्ने समयमा मागअनुसारको मल आपूर्तिको व्यवस्थापन गर्न सरकार संवेदनशील नभएकाले बजारमा मलको हाहाकार भई समस्या उत्पत्र भएको हुँदा” त्यसविरुद्ध दबाब दिन धर्ना आयोजना गरिएको बताए ।    विरोधपछिको सभालाई सम्बोधन गर्दै नेपाली काँगे्रसका केन्द्रीय सदस्य गगन थापाले असार सकिँदासम्म पनि मुलुकका कृषकलाई पर्याप्त मात्रामा मलखाद उपलब्ध गराउन नसकेर सरकारले आफ्नो निकम्मा प्रस्तुत गरेको आरोप लगाए ।नेपाल विद्यार्थी सङ्घ ग्रामीण आदर्श बहुमुखी क्याम्पस एकाइ समितिद्वारा आयोजित विरोधसभामा उहाँले आफूहरूले पटकपटक कृषकलाई मलखाद उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराए पनि खेती सकिँदासम्म मल उपलब्ध नहुनु विडम्बना हो उनले भने। तीन वर्ष अघिदेखि मुलुकका कृषकले प्रमुअ बाली धानखेतीको समय मल नपाएर हाहाकारको स्थितिको सामना गर्नुपरेको छ भन्दै उहाँले सरकार कृषकका लागि अति आवश्यक वस्तुका रूपमा रहेको मल सहजरूपमा उपलब्ध गराउन उदासीन रहेको आरोप लगाए । नेविसङ्घका पूर्वकोषाध्यक्ष कुन्दनराज काफ्लेले अहिले देखिएको मलको हाहाकार तत्काल सम्बोधन नगरे चर्को सङ्घर्षका कार्यक्रम ल्याइने चेतावनी दिए ।
नेविसङ्घका नेता नीलकण्ठ रिजालले रोपाइँको समयमा मलको हाहाकार भएपछि मुलुकका कृषकले खेतीपाती गर्न नसक्ने अवस्था सिर्जना भई कृषि उत्पादन घट्ने भएकाले सरकारलाई प्रभावकारी कदम चाल्न आग्रह गरे ।नेविसङ्घ ग्रामीण आदर्श बहुमुखी क्याम्पस एकाइ समितिका अध्यक्ष सुशील भट्टले सरकारले समयमा मल उपलब्ध नगराएर किसानविरुद्ध संवेदनशील हुन नसकेको अवस्थालाई ध्यानमा राखी आफूहरूले धर्ना र विरोधका कार्यक्रम आयोजना गर्नुपरेको जानकारी दिए ।नेपालमा प्रत्येक वर्ष करिब पाँच लाख मेट्रिक टन मलको माग हुने गरेको छ । भारतबाट यस वर्ष करिब एक लाख २० हजार मेट्रिक टन मल आयात गरिएको बताइएको छ । मानवअधिकारकर्मी, उपभोक्ताअधिकारकर्मीलगायतले केही दिनअघि कृषकलाई मल उपलब्ध गराउन सरकारलाई आग्रह गरेका थिए । नेपालको कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी योगदान कृषि क्षेत्रको (करिब २४प्रतिशत)रहेको छ । असार सकिन लाग्दा समेत मुलुकका अधिकाँश जिल्लामा मलको अभावका कारण धान रोपाइँ पूर्णरूपमा सुरु हुन सकेको छैन । रासस
 

  • सम्बन्धित समाचार
Comments