भदौमा १५ चलचित्र -ओपनिङ तीन वटाबाट

वर्ग: अर्थरंग
मिति: Thursday,16th August 2012 23:40 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameशुक्रबारको रिलिज क्लालेन्डरअगावै बुधबारबाट रिलिजमा आएको बलिउड चलचित्र ‘एक था टाइगर’ले राजधानीका मल्टिप्लेक्स र सिंगल थिएटर तथा मोफसलमा दर्शक तानिरहँदा आज (शुक्रबार)देखि तीन नेपाली चलचित्र प्रदर्शनमा आउँदैछन् । ‘हेल्लो प्रकृति’, ‘तिमीबिनाको जीवन’ र ‘लभ इज लाइफ’ को प्रदर्शनसँगै भदौ महिनाभर चलचित्र रिलिजको भेल बग्नेछ ।
समीक्षकका अनुसार ३५ करोडको ओपनिङ व्यापार गरेको ‘एक था टाइगर’ नेपालका सबै मल्टिप्लेक्स र प्रायः नेपाली चलचित्रमात्र चल्ने हलमा समेत चलिरहँदा प्रदर्शनको मुखैमा रहेका तीन नेपाली चलचित्रले चुनौती खेप्नेछन् ।
‘हेल्लो प्रकृति’लाई सुनील पाण्डेले निर्देशन गरेका हुन् । यसमा सुमिना घिमिरे, अनिल थापा, सुशील पोखरेल, विजय देउजालगायतको अभिनय छ । चलचित्रमा अहिलेका युवा–युवतीको प्रेमकथाका साथमा कमेडीलाई उठाइएको छ । यसको कथा शिवम अधिकारीले लेखेका हुन् । प्रवीण खत्री, श्याम थापा र प्रवीण भट्टराईले संयुक्त रूपमा निर्माण गरेको चलचित्रमा लामो समयपछि संगीतकार भूपेन्द्र रायमाझीले संगीत दिएका छन् ।
‘लभ इज लाइफ’का निर्देशक एलएन गौतम हुन् । शंकर अधिकारी (घायल)को कथा, पटकथा, संवाद र निर्माण रहेको यो चलचित्रमा आयुष रिजाल, मनिता दाहाल, युनिस ढुंगाना, सुनिता थपलिया, सुशान्त कार्की, आशा भुसाल, सुरवीर पण्डितलगायतको अभिनय छ ।
त्यस्तै, राज शाक्यले निर्देशन गरेको ‘तिमीबिनाको जीवन’ पालो प्रणालीबाट रिलिज हुँदैछ । विराज भट्ट, जेनिसा केसी, सुमन सिंह र सोभिता सिम्खडाको अभिनय रहेको चलचित्र मोफसलमा भने प्रदर्शनमा आइसकेको छ ।
Nameपहिलो साता सकिएपछि दोस्रो साताबाट ‘विन्दास’ र ‘फोर्स’ लाग्ने पक्का भइसकेको छ । सुष्मा कार्कीअभिनीत ‘विन्दास’ सेन्सरको झमेलमा परेको थियो । गोविन्द शाहीको ‘संसार आफ्नै’ पनि राजधानी छिर्ने सम्भावना छ ।
तेस्रो शुक्रबार विनिता बरालको दोस्रो चलचित्र ‘फुलस्टप’का साथमा ‘वर्षात’ र ‘नमस्ते’लाई रिलिज साइत जुराइएको छ । चौथो साताको पालोमा ‘धुँवा यो नसाको’, ‘फेसबुक’ र ‘सिन्दुर’ परेका छन् । भदौको अन्तिम साता ‘बडीगार्ड’, ‘ब्ल्याकमेल’ र ‘खोज’ रिलिज गरिने भएको छ ।
निर्माताहरूका अनुसार भदौमा रिलिज हुने चलचित्रको कुल लागत ६ करोड २० लाख रुपैयाँ छ ।
 

  • सम्बन्धित समाचार
Comments