गहुँ उत्पादनमा कमी

वर्ग: देश
मिति: Sunday,13th May 2012 23:50 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameजनकपुर, ३१ वैशाख (कास)ः तथ्यांक विभागले समग्र खाद्यान्न उत्पादनमा वृद्धि भएको तथ्यांक सार्वजनिक गरिरहँदा धनुषामा गहुँ उत्पादनमा कमी आएको छ । तीन वर्षदेखि निरन्तर गहुँ उत्पादनमा कमी आएको कृषि बिकास कार्यालयले जनाएको छ । पछिल्लो वर्ष धनुषामा पाँच वर्षकै सबैभन्दा बढी गहुँ उत्पादन भएको थियो ।
कार्यालयका अनुसार गहुँखेती हुने क्षेत्रफल उत्तिनै रहे पनि उत्पादनमा कमी आएको हो । कृषक अझै आकाशे पानीकै भरमा रहेकाले समान रूपमा गहुँखेती गरिएको धनुषाको सम्पूर्ण क्षेत्रफलमा पानी नपर्दा उत्पादनमा कमी आएको हो ।
धनुषामा यस वर्ष ३८ हजार ४ सय ५० हेक्टरमा गहुँखेती गरिँदा ९० हजार ३ सय ५७ मेट्रिकटन उत्पादन भएको छ । आव ०६७/६८ मा त्यत्तिनै क्षेत्रफलमा ९६ हजार ६ सय ७० मेट्रिक टन गहुँ उत्पादन भएको थियो । ०६६/६७ मा १ लाख १६ हजार १ सय १९ मेट्रिक टन गहुँ उत्पादन भएको थियो, जुन पाँच वर्षयताकै उच्च भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सिँचाइयुक्त क्षेत्रमा समयमै मलखाद परे खेतीपाती राम्रो हुने गरेको छ ।
धनुषाको लक्ष्मीपुर बगेवा घर भएका कृषक झगरु यादवले आकाशे पानीको भरमा खेतीपाती गर्नु बाध्यता भएको बताए । “पानी पर्दा मलखाद पर्याप्त नपाउनु, मलखाद पाए पानी नपर्नुले खेतीपाती सन्तोषजनक हुन सकेको छैन,” उनले भने ।
धनुषाको ३८ हजार ४ सय ५० हेक्टर गहुँखेतीयोग्य क्षेत्रफलमध्ये २६ हजार हेक्टर सिँचाइ सुविधायुक्त छ । ९० हजार ३ सय ५७ मेट्रिक टनमध्ये झन्डै १२ हजार हेक्टर असिञ्चित क्षेत्रबाट १५ हजार ५ सय ७२ मेट्रिक टन उत्पादन भएको हो ।
असिञ्चित क्षेत्रफलको उत्पादकत्व १.२३ छ भने सिञ्चित क्षेत्रको २.३ रहेको कृषि अधिकृत सुरेन्द्रकुमार गोइतले जानकारी दिए । सिञ्चित क्षेत्रफलबाट प्रतिकट्ठा ८५ किलो गहुँ उत्पादन भएको छ भने असिञ्चितबाट प्रतिकट्ठा ४५ किलो उत्पादन भएको कार्यालयले जनाएको छ ।
 

  • सम्बन्धित समाचार
Comments