चीनको बाह्य व्यापार कमजोर

वर्ग: विश्व
मिति: Thursday,10th May 2012 23:15 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameबेइजिङ, २८ वैशाख- गएको अप्रिलमा चीनको आयात र निर्यात वृद्धिदर दुवै कम भएको छ । यसले देशको आर्थिक वृद्धिदर कम हुने डर उत्पन्न भएको अधिकारीहरूले बताएका छन् ।
अघिल्लो वर्षको समान अवधिको तुलनामा अप्रिलमा त्यहाँको निर्यात ४.९ प्रतिशतले बढे पनि मार्चमा अनुमान गरिएको ८.९ प्रतिशतको वार्षिक आर्थिक वृद्धिदरको लक्ष्य भने भेट्टाउन सकेन । यसले विश्वव्यापी रूपमा मागमा कमी आएको संकेत गर्ने अधिकारीहरू बताउँछन् ।
यता अप्रिलमा आयात दर ०.३ प्रतिशतले बढेको छ । यो दर मार्चमा ५.३ प्रतिशत रहेको थियो । यसले पनि आन्तरिक मागमा कमी आएको संकेत गर्छ छ । चीनले वृद्धिदर सन्तुलन कायम राख्न आन्तरिक खपत समेत बढाउन धेरै नै प्रयत्न गरिरहेको छ ।
विश्वव्यापी रूपमा आर्थिक समस्याहरू देखा पर्न थालेपछि त्यसको असर चिनयाँ अर्थतन्त्रमा समेत परेको एक चिनियाँ अधिकारी बताउँछन् । युरोपेली क्षेत्रमा चिनियाँ उत्पादनको व्यापारमा सुधार आए समग्र व्यापारमै सुधार आउने उनको भनाइ छ ।
गत वर्ष मुद्रास्फिति र सम्पत्तिको मूल्य बढेसँगै चीनमा आर्थिक विकास राम्रो भएको थियो । सरकारले नयाँ नीति नल्याउने हो भने त्यसले पहिलो त्रैमासमा जस्तै दोस्रो त्रैमासमा समेत आर्थिक विकासमा समस्या ल्याउने अर्थशास्त्रीहरूले चेतावनी दिएका छन् ।
बेइजिङले समाधानका विभिन्न उपाएहरू अपनाउने बताइसकेको छ । सरकारले उपभोक्ता खपत दर र सम्पत्तिको मूल्य बढाउन विभिन्न योजनाहरू अगाडि सारिएको बताएका ेछ ।
पछिल्लो समयमा चीनको अर्थतन्त्रमा विभिन्न समस्या देखा परिरहेका छन् । यसले त्यहाँको मुद्रा प्रणालीमा असर गरेको र त्यसले आन्तरिक माग समेत प्रभावित भएको विश्लेषण गरिएको छ ।
विश्लेषकहरूले सरकारले आर्थिक समस्या समाधान गर्न र निर्यात व्यापारमा सुधार गर्न दीर्घकालीन नीति ल्याउनु पर्ने बताएका छन् । यदि सरकारले दीर्घकालीन नीति नल्याउने हो भने पहिलो त्रैमासको जस्तै आर्थिक समस्या दोहोरिने मिजोउ सेक्युरिटिज एसियाका जियाङगुआङ शेनले बताए । सरकारले नयाँ आर्थिक सुधारको लागि मुद्रा नीतिमा परिमार्जन गर्नुपर्ने उनको धारणा छ ।
विगतका केही वर्षयता चीनले उत्पादन विकासमा धेरै नै प्रगति गरेको छ । उत्पादनमा भएको वृद्धिसँगै त्यहाँको आर्थिक विकासमा समेत ठूलो योगदान पुगेको छ ।
अमेरिकी र युरोपेली क्षेत्रका बजारमा समस्या देखिएपछि चिनियाँ उत्पादनको मागमा ठूलो कमी आएकाले आर्थिक विकास प्रभावित भएको हो ।
युरोपेली क्षेत्रमा देखिएको ऋण संकटले चिनियाँ व्यापार प्रभावित भएको हो । ऋण संकटकै कारण त्यस क्षेत्रका विभिन्न नेताहरूले सत्ता त्याग्नु परेको छ । ग्रीस र फ्रान्समा लामो समय शासन गरिरहेकाहरू  ऋण संकटको आँधीले बढारिएका छन् ।
अप्रिलमा विश्वकै ठूलो अर्थतन्त्र अमेरिकाको आर्थिक वृद्धिदरमा सुधार भएको छ भने रोजगारीको दर बढेको छ । विश्लेषकहरूले चीनको आर्थिक विकास दर भने निकै कम भएको बताएका छन् ।
 

  • सम्बन्धित समाचार
Comments