चौरजहारी वजारमा इन्धनको अभाव
रुकुम २ जेठ- रुकुमको पश्चिमी गाविस बिजश्वरीमा पर्ने चौरजहारी वजारमा इन्धनको अभाव भएको छ । ईन्धनको अभाव भएपछि सवारीसाधनहरु प्रभावित बनेको छन । मध्यपश्चिम वन्दका कारण वजारमा इन्धनको अभाव भएको हो । पेट्रोल डिजेलको अभाव भएपछि चौरहाजरी हुदैं सल्यानको सल्लीवार, दाङ्गको तुल्सीपुर जाने यातायातका साधनहरु बढी प्रभावित वनेका छन् । वजारमा डिजेल तथा पेट्रोलको अभाव हुंदा व्यापार व्यवसायी तथा सेवाग्राहीहरु मर्कामा परेको स्थानिय गोपाल रेग्मीले जानकारी दिए । चौरजहारीमा हाल डिजेल प्रतिलिटर ९८ रुपैयाँ र पेट्रोल १ सय ५० मा विक्रि वितरण हुदैं आएको छ



