भारतले इरानी तेल आयात घटाउने
नयाँ दिल्ली, २ जेठ
बढ्दो अमेरिकी दबाबका कारण भारतले चालू आर्थिक वर्षमा इरानबाट गरिने तेल आयात ११ प्रतिशतभन्दा बढीका दरले घटाउने भएको छ । यो अनुपातको आयात कटौतीले कुल आयात १ करोड ५५ लाख टन हुने बताइएको छ ।
आवश्यकताको ८० प्रतिशत तेल आयात गर्ने भारत इरानमाथि १२ प्रतिशतको परिमाणमा निर्भर रहेको छ । भारतले इरानबाट आर्थिक वर्ष २०११–१२ मा १ करोड ८५ लाख टन तेल आयात गरेको पेट्रोलियम र प्राकृतिक ग्यास राज्य मन्त्री आरपीएन सिंहले बताए ।
सरकारले भने इरानबाट हुने तेल आयातमा नाटकीय रुपमा कटौती गर्न सम्भव नभएको बताउँदै आएको छ । भारतको बढ्दो ऊर्जा मागका कारण कटौती असम्भव भएको हो ।
गत साता अमेरिकी विदेशी मन्त्री हिलारी क्लिन्टनले अमेरिकी नाकाबन्दीको अभियानलाई साथ दिन थप कटौती गर्न आवश्यक भएको बताएकी थिइन् । अमेरिकाले जापान र १० युरोपेली मुलुकलाई पहिले नै आयात कटौती गर्न आग्रह गरिसकेको छ । तर इरानकै ठूला आयातकर्ताहरु चीन र भारत भने अमेरिकी आग्रह मान्न अस्वीकार गर्दै आएका छन् ।
भारत पनि यो भन्दा पहिले इरानबाट गरिने आपूर्ति कटौत ीगर्ने पक्षमा थिएन । तर अनौपचारिक रुपमा तेहरानबाट गरिने आपूर्ति कटौत ीगर्न आग्रह गरिदै आइसकिएको छ ।
२०१०–११ र २०११–१२ को आर्थिक वर्षको बीचको अवधिमा भारतीय कम्पनीहरुले क्रमशः १ करोड ८५ लाख टन र १ करोड ७४ लाख टन तेल आयात गरेको थियो । आर्थिक वर्ष २०१२–१३ का लागि १ करोड ५५ लाख टन कच्चा तेल आयात गर्ने निर्णय गरिएको छ ।
तर सानो परिमाणमा कच्चा तेल आयात गर्ने भारतीय प्रशोधक कम्पनीहरुले प्राविधिक, व्यापारिक र अन्य कारणबाट आयात निर्णय गर्ने गरेका छन् ।
तर इरानी तेल आयातमा रहेको निर्भरता क मगर्न भारतले विश्वका अन्य मुलुकबाट आयात गर्ने प्रयास थालिसकेको छ ।
हाल भारतले विश्वका ३० मुलुकबाट कच्चा तेल आपूर्ति गर्ने गरेको छ ।



