नेप्सेमा २ अंकको सुधार

मिति: Wednesday,20th June 2012 23:14 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


४ करोडको कारोबार

काठमाडौं, ६ असार- सेयर बजारमा कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्यमा सुधार आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.०२ अंकले बढेको छ । मंगलबार नेप्से परिसूचक १.१३ अंकले घटेको थियो ।
बुधबार कारोबारको पहिलो समयमा करिब ६ अंकसम्मले घटेको नेप्से परिसूचक अन्तिम समयमा बढ्ने क्रममा कमी आएको थियो । नेपाल टेलिकमको सेयर मूल्य घट्न थालेपछि नेप्से परिसूचक बढ्ने क्रममा कमी आएको हो । कारोबार सुरु हुँदा ३६१.५ अंकमा रहेको नेप्से २.०२ प्रतिशतले बढेर बन्द हुँदा ३६३.५२ अंकमा पुगेको छ । नेप्सेमा कारोबार भएका ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि सामान्य अंकले बढेको छ । नेप्सेसँगै कारोबार रकममा पनि सुधार आएको छ ।
नेप्सेमा नागरिक लगानीकोष र नेसनल हाइड्रोपावर कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । ओम फाइनान्स, गुराँस लाइफ इन्स्योरेन्स लगायतका अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । बुधबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये अन्य समूहबाहेक सम्पूर्ण बढेका छन् ।
बुधबार एनआईसी बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नबिल बैंकलगायत वाणिज्य बैंकको सेयर मूल्य बढेपछि बैंकिङ समूह ३.१२ अंकले बढेको छ । त्यसैगरी विकास बैंक ०.०९, वित्त १.१४, बिमा ०.८२, होटल ०.५६, जलविद्युत् ७.८७ र व्यापार समूह २.७ अंकले बढेका छन् । तर, अन्य समूह भने १.१८ अंकले घटेको छ ।
कारोबार रकममा पनि सुधार आएको छ । बुधबार ७८ कम्पनीको १ हजार १ सय ९७ कारोबारबाट ४ करोड १ लाख रुपैयाँबराबरको १ लाख १५ हजार ६ सय ५७ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम मंगलबारको तुलनामा धेरै हो । मंगलबार ८२ कम्पनीको १ हजार २ सय ३ कारोबारबाट ३ करोड ९२ लाख रुपैयाँबराबरको १ लाख २२ हजार ७ सय ५२ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
बुधबार कारोबार रकमसँगै बजार पुँजीकरणमा पनि बढेको छ । मंगलबार ३ खर्ब ४१ अर्ब ४२ करोड रहेको बजार पुँजीकरण बढेर बुधबार ३ खर्ब ४३ अर्ब ३३ करोड पुगेको छ ।
नेप्सेमा धेरै रकम कारोबार हुने कम्पनीमा एभरेस्ट बैंक छ ।

बुधबार नेप्सेमा
परिसूचक ः     २.०२ ले बढ््यो  
कारोबार रकम ः    ४ करोड १ लाख ११ हजार
सेयर     ः     १ लाख १५ हजार ६ सय ५७ कित्ता
बजार पुँजीकरण ः     ३ खर्ब ४३ अर्ब ३३ करोड
धेरै रकम कारोबार हुने कम्पनी ः एभरेस्ट बैंक





























 
 

  • सम्बन्धित समाचार
Comments