मेरो ब्रान्ड ,सुमन सिंह, नायक
मेरो ब्रान्ड ,सुमन सिंह, नायक
एक दशकअघि एउटा सिरियल हिट भयो, ‘क्याटमान्डू’ । यसमा अभिनय गर्ने कलाकार पनि खुबै जमे । जमेका एक पात्र थिए रोहन, यानेकि सुमन सिंह । अहिले नेपाली रजटपटमा खुब व्यस्त सुमन ‘क्याटम्यान्डु’बाटै चिनिएका हुन् । काँचको पर्दाबाट हलको पर्दासम्म उक्लेका यी चकलेटी तन्नेरीले १० वर्षको अवधिमा ६० चलचित्र खेलिसके । पहिलो चलचित्र ‘दुःख’बाट रजटपटमा डेब्यु गरेका सुमन अहिले ‘कटेरो’मा व्यस्त छन् । यो वर्ष उनका एक दर्जन चलचित्र आउँदैछन् । एक दर्जन म्युजिक भिडियोमा समेत अभिनय गरेका सिंह ‘कटेरो’लगत्तै ‘धुवाँ’ र अर्काे टाइटल जुर्नै बाँकी चलचित्रमा व्यस्त हुँदैछन् । गाडी र मोबाइलका सौखिन उनले पाँच वर्षमा ६ वटा कोरियन गाडी फेरिसकेका छन् भने एक वर्षमा चार वटा मोबाइल । ‘कटेरो’को सुटिङमा गौरीघाट नयाँवस्तीमा व्यस्त सुमनले हाइवेछेउमा कटेरोबाटै निर्माण भएको एक रेस्टुराँमा आफ्नो रोजाइबारे कारोबारकर्मी प्रकटकुमार शिशिरलाई यसरी बताए ः
परफ्युम
भर्साची
ल्यापटप
एप्पलको म्याक प्रो
घडी
राडो
सवारी साधन
क्यारोन (कोरियन गाडी)
स्याम्पु
हर्बल
मोबाइल
गुगलको नेक्सस (नेपाली बजारमा उपलब्ध छैन)
क्यामरा
मोबाइलकै प्रयोग गर्छु
चस्मा
रेबान, पोलोराइट
जुत्ता
स्पोर्टमा रिबोक, एडिडास, बुटमा हाड्ली
पर्स
भर्साची
ट्याब
स्यामसङ ग्यालेक्सी
जिन्स
अमेरिकन इगल



