सहाराले दुग्धजन्य व्यापार गर्ने

वर्ग: विश्व
मिति: Monday,11th June 2012 23:21 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameनयाँ दिल्ली, २९ जेठ - भारतीय औद्योगिक समूह सहारा इन्डिया परिवारले दुग्धजन्य उत्पादनको व्यापार सुरु गर्ने बताएको छ । समूहले आगामी वर्षदेखि यस क्षेत्रको व्यापार सुरु गर्ने भएको हो ।
“आगामी अप्रिल १ बाट दूधको व्यापार सुरु गर्ने सोच बनाएका छौं र यो विश्वकै ठूलो दध डेरी हुनेछ,” कम्पनीका अध्यक्ष सुब्रतो रोयले भनेका छन्  । उनले ५० लाख टन दूध उत्पादन गर्ने लक्ष्य रहेको बताए । विश्वकै धेरै दूध उत्पादकमध्येका एक भारतमा दूध उत्पादनको क्षेत्रमा धेरै सम्भावना भएकाले यसमा लगानी गर्न लागेको उनको भनाइ थियो ।
मध्यप्रदेश र उत्तर प्रदेशको बीचमा रहेको मुजफ्फानगरस्थित ९ हजार एकड जमिनमा उक्त व्यवसाय सुरु गरिने उनको भनाइ थियो । उक्त क्षेत्रबाटै आममानिसमा शुद्ध दूधको वितरण गरिने समूहको भनाइ छ ।
पश्चिमबंगालमै व्यवसाय सुरु गर्ने योजना बनाएको भए पनि त्यहाँको राजनीतिक अस्थिरताले उक्त स्थानमा दूध उत्पादन केन्द्र खोली व्यवसाय सुरु गर्न नसकिएको कम्पनीले बताएको छ ।
कोलकातामा १ सय ७५ एकड जमिन प्राप्त गर्न पनि विभिन्न कानुनी अड्चन खेप्नुपरेकाले त्यहाँको सट्टा सिलगढी तथा खरगपुरमा कम्पनीको शाखा विस्तार गर्ने समूहका अध्यक्षले बताए । उनले सकेसम्म छिटो ती स्थानमा शाखा विस्तार गरिने बताए ।
कम्पनीले उत्तर प्रदेशमा यसअघि पाँच वर्ष काम गरिसकेको भन्दै त्यहाँको राजनीतिक अस्थिरताले कम्पनीले ठूलो क्षति बेहोर्नुपरेको बताएको छ ।
 

  • सम्बन्धित समाचार
Comments