एलआइसीको ६५ प्रतिसत बोनस सेयर

मिति: Sunday,8th July 2012 23:27 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौ, २४ असार- लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलाईसी) नेपालले गत ३ वर्षको नाफावाट सेयरधनीलाई ६५ प्रतिशत बोनस शेयर दिने भएको छ । एलआइसीको आइतबार बसेको सञ्चालक समिति बैठकले बोनस सेयरसँगै बोनस सेयरमा लाग्ने ३.४२ प्रतिसत नगद लाभांश दिने निर्णय गरेको हो । घोषित बोनस सेयर कार्यानवयनका लागी विमा समिति र साधारणसभाको स्विकृति आवश्यक पर्छ ।  
कम्पनीले आर्थिक वर्ष २०६५÷२०६६ देखि २०६७÷२०६८ (३ वर्षे) को विमांङ्की मूल्यांकन  नाफावाट शेयरधनीहरुलाइ लाभासं दिन लागेको हो । कम्पनीले बोनस शेयर वितरण पछि कायम हुने पूँजीमा २५ प्रतिशत हकप्रद सेयर निष्कासन गरि चुक्ता पुँजी ५० करोड पु¥याउने जनाएको छ । २५ करोड चुक्ता पुँजी रहेको एलआईसीको बोनस सेयरपछि ४१ करोड २५ लाख पुग्नेछ । त्यसपछि जारी हकप्रद सेयरले एलआइसीको चुक्ता पुँजी ५१ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ । बिमा समितिले जीवन बिमा कम्पनीलाई २०७० असारमा ५० करोड पु¥याउन निर्देशन दिएको छ ।  
 

  • सम्बन्धित समाचार
Comments