काँग्रेसको बृहत् मोटरसाइकल -याली
काठमाडौं १५ साउन - नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको दोस्रो राष्ट्रिय भेलाको पूर्वसन्ध्यामा आज बृहत् मोटरसाइकल ¥याली आयोजना गरिएको छ ।नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकद्धारा आयोजित सो मोटरसाइकल ¥याली काठमाडौँको तिनकुनेबाट सुरु भएको थियो ।¥याली कोटेश्वर, भक्तपुर, बनेपा, धुलिखेलहुँदै राष्ट्रिय भेला आयोजनास्थल सिन्धुपाल्चोकको बाह्रबिसे पुगेर आमसभामा परिणत हुनेछ । काठमाडौँदेखि बाह्रबिसेसम्मको दूरी ८५ किलो मिटर रहेको छ । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुको दुईदिने राष्ट्रिय भेला आजदेखि सिन्धुपाल्चोकको बाह्रबिसे सुरु हँुदैछ ।¥यालीमा एक हजारभन्दा बढी सङ्ख्यामा मोटरसाइकल प्रयोग भएको र ती मोटरसाइकलमा नेपाली काँग्रेसका भ्रातृ सङ्गठनका नेता तथा कार्यकता सहभागी रहेको आयोजकले जानकारी दिएको छ ।¥याली सुरु हुनुअघि भेला आयोजक जिल्लाका सभापति मोहन बस्नेतले मुलुक अध्यादेशको भरमा चलिरहेको, सविधान संशोधन गरेर अघि बढ्ने विषयमा दलहरुबीच सहमति कायम भइनसकेको अवस्थामा राजनीति र संवैधानिक सङ्कटलाई कसरी निकास दिने भन्नेबारेमा भेलाले एउटा मार्गनिर्देश दिनेछ भने ।सहमति, सहकार्य र एकताको आधारमा अघि बढ्नुपर्छ भन्ने नेपाली काँग्रेसको सोचमा अन्य पक्षबाट सहयोग प्राप्त हुन नसकेमा आन्दोलनलाई कसरी अघि बढाउने तथा आन्दोलनको स्वरुप कस्तो हुने भन्ने विषयमा समेत भेलाले निष्कर्ष निकाल्ने जानकारी दिए । रासस



