तनहुँका सम्पूर्ण घरमा शौचालय

वर्ग: देश
मिति: Thursday,12th July 2012 03:28 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

दमौली, २८ असार- तनहुँ जिल्लाको सम्पूर्ण घरधुरीमा पक्की शौचालय निर्माण भएको छ । जिल्ला विकास समिति तनहुँले सञ्चालन गरेको ‘एक घर एक चर्पी’ अभियान अन्तर्गत तनहुँका सम्पूर्ण घरधुरीमा पक्की शौचालय निर्माण भएको हो । राष्ट्रिय सरसफाई गुरुयोजनाको मापदण्ड अनुसार पक्की शौचालय निर्माण सम्पन्न गर्ने तनहुँ तेस्रो जिल्ला हो ।
२०६६ पौषबाट सुरु गरिएको खुला दिसामुक्त अभियानका क्रममा जिल्लामा ३९ हजार ५ सय ३५ वटा शौचालय निर्माण भएको स्थानीय विकास अधिकारी छविलाल रिजालले बताए । कुल ७७ हजार ९ सय ११ मध्ये ३८ हजार ३ सय ७६ घरधुरीमा भने अभियानपूर्व नै शौचालय बनिसकेका थिए । बुधबारसम्म तनहुँका ४६ गाविस र एक नगरपालिका खुला दिसामुक्त घोषणा भैसकेको छ । बुधबार व्यास नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको थियो । व्यास नगरपालिका देशभरमध्ये खुला दिसामुक्त घोषणा हुने छैटौ नगरपालिका हो ।
 

  • सम्बन्धित समाचार
Comments