दाङको ३० करोड फ्रिज

वर्ग: विकास
मिति: Monday,30th July 2012 00:57 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

दाङ, १५ साउन -  आर्थिक वर्ष २०६८/०६९ दाङमा ३० करोड रुपैयाँ फ्रिज भएको छ । जिल्लाका आधा दर्जन सरकारी कार्यालयमा विकास निर्माण, नागरिक सचेतना, विश्व विद्यालय पूर्वाधार, सडक निर्माण सिँचाइलगायतका रकम फ्रिज भएको हो ।
जिल्लाको विकासका लागि विनियोजन गरेको काम नभएर त्यसै फ्रिज भएको छ । सरकारले गत आर्थिक वर्ष २०६८/०६९ मा जिल्लाको  विकासमा खर्च गर्न भनेर १ अर्ब ८२ करोड ८७ लाख रुपैयाँ विनियोजन गरेकोमा  ३० करोड ४१ लाख रुपैयाँ फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भीमप्रसाद दाहालले ढिलो बजेट निकासा भएका कारण विनियोजन केही रकम खर्च हुन नसकेको बताए ।
धेरै रकम भौतिक योजना तथा निर्माण मन्त्रालयअन्तर्गतको ४ करोड ९० लाख १६ हजार रकम काम नभएर फिर्ता भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । सरकारले सो मन्त्रालय अन्तर्गत जिल्लाका लागि २८ करोड २ लाख ५७ हजार बढी रकम विनियोजन गरेको थियो ।  राप्ती राजमार्गका लागि छुटाएको बजेटमध्ये ३० लाख बढी रकम फ्रिज भएको छ । त्यस्तै मध्यपहाडी राजमार्गका लागि विनियोजन गरेको १ करोड ५९ लाख रुपैयाँ काम नभएर फर्केको छ । सहरी विकास तथा भवन निर्माणका लागि छुटाएको बजेटमध्ये २ करोड ५३ लाख रुपैयाँ फर्केको कार्यालयले जनाएको छ ।  जिविसको १ करोड ५७ लाख रुपैयाँ काम नभएर फर्केको छ । वन तथा भू–संरक्षण मन्त्रालयअन्तर्गत २ करोड, सिँचाइको १ करोड ७९ लाख ३६ हजार फ्रिज भएको छ ।

 

  • सम्बन्धित समाचार
Comments