दुर्गम गाउँमा सूचना केन्द्र

वर्ग: देश
मिति: Friday,20th July 2012 03:24 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

गोरखा, ५ साउन-  जिल्लाको दुर्गम गाउँ विकास समिति गुम्दामा शुक्रबार ग्रामीण सूचना केन्द्र स्थापना गरिएको छ । हिमाली सूचना केन्द्रको प्राविधिक सहयोगमा तीन थान कम्प्युटरसहितको सूचना केन्द्रको स्थापना गरिएको म्याङलुङ खोला लघुजलविद्युत् आयोजनाका अध्यक्ष भीमप्रसाद गुरुङले जानकारी दिए । सूचना केन्द्रमा इन्टरनेट सुविधासमेत रहेको र यसले देशमा भइरहेका गतिविधिबारे जानकारी लिन सहयोग पुग्ने स्थानीय शिक्षक लोकबहादुर गुरुङले बताए ।

शुक्रबार  बिहान भएको कार्यक्रममा म्याङलुङ खोला लघुजलविद्युत आयोजनाका अध्यक्ष गुरुङले केन्द्रको उद्घाटन गरेका थिए । स्थानीय गतिविधिबारे जानकारी दिन र देशविदेशमा भएका गतिविधिबारे जानकारी लिन कम्प्युटरबाट सहयोग पुग्ने भन्दै स्थानीवासी खुसी भएका छन् । केन्द्रमा तीनथान कम्प्युटर, प्रिन्टर, फोटोकपी मेसिनलगायतका सामग्री  छन् । यसको व्यवस्थापन र संरक्षण गर्ने जिम्मा स्थानीयवासीलाई दिइएको छ । रासस
 

  • सम्बन्धित समाचार
Comments