दूधकोशीले फेरी बगायो

वर्ग: देश
मिति: Monday,30th July 2012 00:48 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

खोटाङ,१५ साउन - नदीमा आएको बाढीले खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुध कोशी नदीमा सञ्चालित फेरी बगाएको छ । डोरी चुँडिएपछि बगेर ओखलढुंगाको थाक्लेमा पुगेको फेरीलाई दूधकोशीमा आएको बाढीले दोश्रोपल्ट बगाएको हो । पहिलोपल्ट गत असार ४ गते डोरी चुँडिएपछि जयरामबाट दुई किलोमिटर तल पर्ने थाक्लेमा अड्किएको फेरीलाई पुःन दुधकोशीमा आएको बाढीले बगाएर खोटाङको डिकुवा–१ र उदयपुरको रुपाटारस्थित सुनकोशी नदीको बीच भागमा पु¥याएको छ । दोश्रोपल्ट बगेको फेरी अहिले सुनकोशीको बीचमा रहेको बलौटे ढिस्कोमा अड्किएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक बसन्तकुमार थापाले बताए । बाढीले तेश्रो पटक पनि बगाउने अवस्थामा रहेको फेरीलाई नदीबाट बाहिर निकाल्न सकिने सम्भावना अत्यन्त न्यून रहेको प्रहरीले जनाएको छ ।
जयरामस्थित दुधकोशी नदीमा सञ्चालित फेरी बगेपछि दुई महिनाअघिदेखि दिक्तेल–हर्कपुर सिधा यातायात सेवा अवरुद्ध छ । डोरी चुँडिएर नदी वारपार गर्ने फेरी बगेपछि दिक्तेलदेखि ओखलढुंगाको हर्कपुर सडक खण्डमा सञ्चालन हुदै आएको यात्रु तथा मालबाहक सवारी साधनहरु जयरामबाट वारपार गर्न सकेका छैनन् । फेरी बगेपछि खोटाङमा दैनिक उपभोग्यबस्तुको ओसार पसार गर्न समस्या भएको र मुल्या बढेको व्यवसायीको भनाई छ । गत असारमा फेरीको डोरी चुडिँदा जयरामबाट नदीले ट्रक र फेरी बगाएको थियो ।
 

  • सम्बन्धित समाचार