मायादेवी मन्दिरमा सीसी क्यामरा

वर्ग: देश
मिति: Sunday,29th July 2012 23:23 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


Nameभैरहवा, १४ साउन -  लुम्बिनी विकास कोषले बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको सुरक्षालाई मध्यनजर गर्दै विभिन्न स्थानमा क्लोज सर्किट (सीसी) क्यामरा जडान गरेको छ । लुम्बिनी भ्रमण वर्षको अवसर पारेर कोषले क्यामरा जडान गरेको हो ।
कोषले प्रथम चरणमा मायादेवी मन्दिरभित्र र बाहिर, मुख्य प्रवेशद्वार तथा सीसी क्यामरा नियन्त्रण कक्षमा गरी १४ वटा सीसी क्यामेरा जडान गरेको कोषका सदस्य सचिव राजेन्द्रबहादुर थापा मगरले बताए । उनका अनुसार क्यामरा जडानका लागि कोषले साढे ८ लाख खर्च गरेको छ ।
करिब दुई वर्षअघि मायादेवी मन्दिरभित्रैबाट दानपात्र चोरी भएको थियो । सीसी क्यामराको नियन्त्रण कक्ष पुरानो सूचना केन्द्रमा राखिएको छ । क्यामराबाहेक मन्दिरमा सशस्त्र प्रहरीको टोली, प्राइभेट सुरक्षा कम्पनी ग्रुप फोरका साथै लुम्बिनी विकास कोषको आन्तरिक सुरक्षा गार्डहरूले पनि सुरक्षा दिइरहेका छन् ।
 

  • सम्बन्धित समाचार
Comments