मारुतीको नाफा घट्यो

वर्ग: विश्व
मिति: Sunday,29th July 2012 00:53 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameनयाँ दिल्ली, १३ असा र-भारतकै ठूलो कार निर्मााता मारुती सुजुकीको नाफा घटेको छ । चालू वर्षको पहिलो त्रैमासमा कम्पनीको नाफा २३ प्रतिशतले कम भएको जनाइएको छ । अमेरिकी डलरको तुलनामा भारतीय मुद्रा कमजोर बन्दा विदेशबाट आयात हुने पाटपुर्जाको मूल्य बढेकाले नाफा कम भएको कम्पनीले जनाएको छ ।
जापानी कम्पनी सुजुकीको उक्त कम्पनीमा ५४.२ प्रतिशत सेयर रहेको छ । कम्पनीले जुनसम्मको तीन महिनामा कुल नाफा ४ अर्ब २४ करोड भारुले घटेको बताएको छ । गत वर्षको समान अवधिको तुलनामा कम्पनीको नाफा ५ अर्ब ४९ करोड भारु रहेको थियो ।
विनिमय दरमा परिवर्तन आउँदा नाफा कम भएको कम्पनीले जनाएको छ । कम्पनीमा प्रयोग हुने धेरै सामान जापानबाट आयात हुने र भारुको तुलनामा जापानी येन निकै महँगो बन्दा नाफा घटेको विज्ञप्तिमा जनाइएको छ । गत वर्षको समान अवधिको तुलनामा यो अवधिमा कुल व्यापार २७.५ प्रतिशतले बढेर १० खर्ब ५३ अर्ब भारुबराबरको भएको जनाइएको छ ।
विश्लेषकहरूले यो अवधिमा कम्पनीको नाफा ४ अर्ब ८५ करोड भारु बराबरको नाफा हुने अनुमान गरेका थिए भने १० खर्ब १० अर्ब भारु बराबरको व्यापार हुने अपेक्षा गरेका थिए ।
मारुतीको व्यापार केही महिनायता कम हुँदै गएको छ । व्यापारमा आएको कमी तथा मजदुर व्यवस्थापनमा कमजोरी हुँदा कम्पनीले समस्या बेहोर्दै आएको छ, जसले कम्पनीलाई थप समस्यामा पारेको छ ।
कम्पनीले २०११ मा पनि यस्तै समस्या खेपेको थियो, जसका कारण उसको व्यापार, सेयर तथा नाफा कम भएको थियो । कम्पनीले आगामी त्रैमासमा पनि यस्तै समस्या दोहोरिन सक्ने चेतावनी दिएको छ ।
औद्योगिक समस्यासँगै मजदुर समस्या बढ्दै जाँदा कम्पनीको नाफा गएका नौ वर्षयता कम हुँदै आएको छ । आयातित सामानको मूल्य बढ्दै जानु तथा भारतको अर्थतन्त्र पनि कमजोर बन्दै जाँदा मारुतीले समस्या बेहोरेको हो । भारतमा सञ्चालित उद्योग आयातमा निर्भर रहँदा थप समस्या देखिएको बताइएको छ ।
 

  • सम्बन्धित समाचार
Comments