रेस्टुराँमा फाइनलको मज्जा

वर्ग: बिजनेस
मिति: Sunday,1st July 2012 23:14 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, १७ असार- मनोरञ्जनमा भुल्दै गएको सहरी पुस्तालाई युरोकप उत्सवजस्तै भएको छ । लोकप्रिय खेल फुटबलको हरेक प्रतियोगितामा आफूलाई अपडेट गर्ने युवाहरूले स्पेन र इटालीबीच हुने फाइनल खेल हेर्नका लागि धेरैले घरबाहिर योजना पनि बनाएका छन् ।
आइतबार मध्यराति भएको खेलका लागि सहरका रेस्टुराँहरूले टेलिभिजनको ठूलो स्क्रिन र प्रोजेक्टरमार्फत खेल पर्दामा देखाउने व्यवस्था मिलाएपछि युरोकपले रेस्टुराँको व्यापार पनि चम्काएको छ । युरोकपको अधिकांश खेल आफ्नै कोठामा बसेर हेरेका धेरै तन्नेरी फाइनलमा मन थाम्न नसकेर रेस्टुराँ धाएका हुन् ।
युरोकप फाइनलको अवसर छोप्दै राजधानी र राजधानी बाहिर धेरै होटल तथा रेस्टुराँले टेलिभिजनको ठूलो स्क्रिन र प्रोजेक्टरमार्फत पर्दामा खेल देखाउने व्यवस्था मिलाएका छन् ।
राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा ६० भन्दा बढी रेस्टुराँले युरोकप फाइनल देखाएका छन् । रेवान अध्यक्ष तेजेन्द्रनाथ श्रेष्ठका अनुसार नेपाली र विदेशी दुवैको रोजाइको ठाउँ भएकाले ठमेलका धेरै रेस्टुराँहरूले युरोकप फाइनल देखाउँदै आफ्नो व्यापारमा अभिवृद्धि गरेका छन् । “विश्वमा फुटबलको पारखीको जमात ठूलो भएकाले यस्तो विशेष इभेन्टमा हामीले प्रहरी प्रसासनसँग अनुमती लिएर कार्यक्रम राखेका छौं,” श्रेष्ठले भने ।

युरोकप फाइनलको दिन रेस्टुराँको व्यापार ५० देखि ७५ प्रतिशत बढी भएको उनले बताए । विदेशी मात्र आउने रेस्टुराँमा ७५ प्रतिशत र लोकल रेस्टुराँमा ५० प्रतिशत बढी व्यापार भएको छ । यस्तो अवसर हरेक वर्ष आउँदैन त्यसैले रेस्टुराँहरूले व्यापार गर्ने अवसर छोपेको उनले बताए ।
युरोकपको फाइनल खेल हेर्नका लागि आइतबार राति ८ बजेदेखि नै फुटबल पारखीहरू रेस्टुराँ पुगेका थिए । खेल राति साढे १२ बजे भएका कारण धेरैले बेलुकाको खाना र अन्य पेयपदार्थ पनि रेस्टुराँमा नै लिएको हुनाले व्यापार बढी भएको रेस्टुराँ सञ्चालकहरूले जनाएका छन् ।
ब्रिक क्याफेका सञ्चालक मोहितवंश आचार्यले युरोकप फाइनलका लागि क्याफेमा स्पेसल मेनु थप गरेको बताउँदै क्याफेका अधिकांश टेबलहरू युरोकप फाइनल हेर्ने पारखीहरूले बुक गरेको बताए । “हामीले क्याफेमा बारमा पनि र स्नाक्यसमा पनि विशेष मेनु तयार गरेका छौं,” उनले भने । मध्यरातिको खेल भए पनि डिनर खाने ग्राहकहरू आउने भएकाले त्यसको पनि व्यवस्था गरेको उनीहरुको भनाइ थियो । क्याफेको प्रवद्र्धनमा आफ्ना बुबा हरिवंश आचार्यलाई अघि सारेका उनी भन्दै थिए विशेष इभेन्टमा केही विशेष त हुनुप¥यो नि ।
युरोकप फाइनललाई लक्षित गर्दे रेस्टुराँहरूले आफ्नो मेनुको मूल्य र परिकार दुवैलाई हेरफेर पनि गरेका छन् । कुनै मेनुमा मूल्य घटाइएको छ भने कुनैमा बढाइएको छ । पेयपदार्थ (मदिरा) मा स्किम पाएपछि धेरै रेस्टुराँहरूले त्यसको मूल्य घटाएका छन् भने स्न्याक्समा मूल्य १० प्रतिशतसम्म बढाएका छन् । युरोकपलाई लक्षित गर्दै धेरै मदिरा कम्पनीहरूले विशेष स्किम र अफर प्रदान गरेका थिए ।
एस फुड क्याफे बालाजुका सञ्चालक विनय श्रेष्ठले युरोकप फाइनल हेर्नेका लागि क्याफेमा विशेष व्यवस्था मिलाएको बताए । अघिपछि नौ बजे नै सुनसान हुने क्याफेमा आइतबार अबेररातिसम्म व्यापार हुने अनुमानमा सोफा र प्रोजेक्टरको तालमेल मिलाएको उनले बताए । युरोकपकै कारण धेरै टेबल बुक भएको र डिनरका लागि अर्डर भएको उनले उत्साहित हुदै बताए ।

स्पेनको जर्सीमा भेटिएका सोह्खुट्टेका सुधीर शर्माको योजना पनि रेस्टुराँमा नै गएर युरोकप फाइनल खेल हेर्ने छ । साँझमा गफिदै साथीभाइसँग खानपिन गर्दै खेल हेर्नुको मज्जा अर्कै छ भन्दै उनले फाइनल सोचेभन्दा बढी रोमाञ्चक हुने अनुमान गरे ।

 

  • सम्बन्धित समाचार
Comments