सवारी बिक्री २२ प्रतिशतले घट्यो

वर्ग: बिजनेस
मिति: Saturday,28th July 2012 23:49 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकाठमाडौं, १३ साउन  - विगत दुई वर्षदेखि ओरालो लागेको सावारी साधन बिक्रीदर गत आर्थिक वर्ष (२०६८/६९) मा पनि उकालो लाग्न सकेन । गत वर्ष गाडी बिक्रीमा २२ प्रतिशत र मोटरसाइकल बिक्रीमा २१ प्रतिशतले गिरावट आएको छ ।
मोटरसाइकलतर्फ आर्थिक वर्ष २०६६/६७ मा ६९ हजार ३ सय ५९ थान बिक्रि भएकामा त्यसपछिको  आर्थिक वर्षमा दुईपांग्रे सवारी ५३ हजार ९ सय ६० थान बिक्री भयो । गत वर्ष ६८/६९ मा उक्त संख्या घटेर ४४ हजार ८ सय ९ थानमा सीमित भएको तथ्यांकले देखाएको छ । यो संख्या ९ हजार ६६ थानले कमी हो । जुन अघिल्लो वर्षभन्दा २१ प्रतिशतले कमी हुन आउँछ ।
गाडीतर्फ आर्थिक वर्ष ०६७/६८ मा १० हजार ५० थान गाडी बिक्री भएकोमा गत आवमा ८ हजार २ सय ४० थान मात्र गाडी बिक्री भएका छन् । जुन गत वर्षभन्दा १ हजार ८ सय १० थानले कमी आएको हो । यो संख्या २२ प्रतिशतले कमी हो ।   
गाडीतर्फ आव ०६५÷६६ मा ९ हजार १ सय २४ गाडी बिक्री भएकोमा उक्त संख्या आव ०६६/६७ मा वृद्धि हँुदै १२ हजार ५ सय ७ पुगेको थियो, तर त्यसपछिको आवमा घटेर १० हजार ५० मा सिमित भएको थियो । आर्थिक वर्ष २०६७/६८ मा आइपुग्दा  बिक्री२२ प्रशितले घटेर ८ हजार २ सय ४० मा झरेकोे छ ।
 
सवारी बिक्रीदर दिनप्रतिदिन घट्दै जाँदा अटोमोबाइल क्षेत्रबाट गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १२ अर्ब रुपैयाँ राजस्व गुमाएको सरकारले यो वर्ष पनि थप राजस्व गुमाएको नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का अध्यक्ष सौरभ ज्योतिले बताए ।      
“सरकारले आव०६६/६७ मा अटोमोबाइल क्षेत्रबाट ४४ अर्ब रुपैयाँ राजस्व संकलन गरेकामा त्यसपछिको आर्थिक वर्षमा घटेर ३२ अर्ब रुपैयाँ मात्र र यस वर्ष पनि सोहीदरमा राजस्व घटेको छ,”  ज्योतिले भने ।
सरकारले आव ०६७/६८ को मंसिर महिनादेखि मोटरसाइकलको विभिन्न शीर्षकमा लाग्ने करको दस्तुर ८० प्रतिशत तथा गाडीमा २ सय ३८ प्रतिशत पु¥याएपछि नेपालको अटोबजार ओरालो लाग्दै आएको हो । “अटोबाइल क्षेत्र धराशायी हुँदै जानुको मुख्य कारण उच्च भन्सारदर हो, भन्सारदर नघटाएसम्म ओरालो लागेको अटोमोवाइल्स क्षेत्र माथि उकासिने कुनै सम्भावना छैन,” ज्योतिले भने ।      
अटोमोबाइल क्षेत्रलाई माथि लान सरकारले लिँदै आएको अन्तःशुल्कलगायतका करमा कटौती गर्नुपर्ने व्यवसायीहरूले माग गर्दे आएका छन् ।

मोटरसाइकल तर्फको दर्ताः
क्रम संख्या          आर्थिक वर्ष        बिक्रीदर
१    २०६८÷६९    ४४,८९४
२    २०६७÷६८    ५३,९६०
३    २०६६÷६७    ६९,३५९
४    २०६५÷६६    ४६,९२६

गाडी तर्फको दर्ताः
क्रम संख्या          आर्थिक वर्ष        बिक्रीदर
१    २०६८÷६९    ८,२४०
२    २०६७÷६८    १०,०५०
३    २०६६÷६७    १२,५०७
४    २०६५÷६६    ९,१२४
५    २०६४÷६५    ८,९२४
६    २०६३÷६४    ५,७८१

स्रोतः यातायात व्यवस्था विभाग
 
 
 

  • सम्बन्धित समाचार
Comments