२५ सय मेट्रिक टन युरिया भैरहवामा

वर्ग: अर्थ
मिति: Sunday,15th July 2012 23:21 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

भैरहवा, ३१ असार- कृषि सामग्री कम्पनी लिमिटेडले झिकाएको तेस्रो लटको दुई २ हजार ५ सय टन युरिया मल बेलहिया नाका हुँदै भैरहवा आइपुगेको छ ।
भारतको आसामबाट मल बोकेका १ सय ७ वटा सबै ट्रक आइतबार बेलुकासम्म भैरहवा आइपुगेका हुन् ।
आसामको ब्रह्मपुत्र भ्याली फर्टिलाइजर कम्पनीबाट ल्याइएको युरिया मल शुक्रबार रातिबाट आउन सुरु भएको थियो । अहिले सबै मललाई अनलोड गरी कम्पनीको भैरहवास्थित तीनवटा गोदाममा राख्ने काम भइरहेको प्रबन्धक सञ्जयकुमार श्रीवास्तबले बताए । गोदामको क्षमता ४ हजार ५ सय टन छ ।
कम्पनीको भैरहवा कार्यालयले लुम्बिनी अञ्चलका ६ जिल्लाका साथै  सुुदूरपश्चिमको  कन्चनपुरसम्म मल पठाउने हुँदा ती स्थानमा रहेका कार्यालयहरूको मागअनुसार युरिया पठाउने कार्यालयले जनाएको छ । तत्कालका लागि अत्यावश्यक कन्चनपुर, कैलाली, बाँके, बर्दिया, दाङ, पाल्पा, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाहरूमा १ सय ५० देखि २ सय मेट्रिक टनसम्म पठाउने तयारी कार्यालयले गरेको छ । त्यस्तै रूपन्देहीका लागि ५ सय मेट्रिक टन छुट्टयाइएको छ । कम्पनीले अघिल्लो वर्ष इन्डियन पोटास लिमिटेड (आईपीएल) बाट आयात गरिएको युरियाको लाखौं बोरामा तौल कमी भएको पाइएपछि अहिले नयाँ स्थानबाट ल्याइएको हो ।
नेपाल सरकारले अनुदानका रूपमा वितरण गर्ने युरियाको मूल्य प्रतिक्विन्टल १ हजार ८ सय रुपैयाँ रहेको र सबै मल सहकारीमार्फत नै वितरण हुने जनाइएको छ ।
त्यस्तै डीएपी मल साउन १२ गते  भित्र आउने बताइएको छ । डीएपी मल भने उडिसाको इन्डियन फार्मर्स फर्टिलाइजर कोअपरेटिभबाट आउन लागेको हो ।

 

  • सम्बन्धित समाचार
Comments