३ सय हेक्टर धानखेत डुबानमा

वर्ग: अर्थ
मिति: Sunday,29th July 2012 22:49 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकपिलवस्तु, १४ साउन -भारतले एक पक्षीय ढंगले निर्माण गरेको महली सागर बाँधका कारण कपिलवस्तुको सीमावर्ती क्षेत्रका करिब ३ सय हेक्टर धानखेत डुबानमा परेको छ । लगातारको वर्षापछि सीमावर्ती क्षेत्रको महली सागरमा जम्मा भएको पानीको बहाव रोक्न भारतले बाँधको फाटक बन्द गरिदिएपछि खेतीयोग्य जमिन डुबानमा परेको हो ।
बाँधको १५ वटा ढोक (निर्माण पूरा हुन नसकेको) बाँंधको फाटक नखोल्दा बैदौली गाविसको लोहरौली गाउँदेखि भारतीय सीमा क्षेत्रसम्म र पश्चिम बैदौलीकै भगवानपुर गाउँदेखि पूर्व रंगपुर गाविसको रंगपुर गाउँसम्मको खेतीयोग्य जमिन डुबेको छ ।
धान रोप्ने खेत तालमा परिणत भएको लोहरौलीका फुर्सतअली धुनियाले बताए । धान खेत तालमा परिणत भएपछि स्थानीय रफिक मोहम्मद निराश बनेका छन् । भन्छन्, “तीन हेक्टर डुबानमा परेको छ, अब १४ जनाको परिवार कसरी पाल्ने ?”
स्थानीय प्रशासनले भने डुबानबारे अनभिज्ञता प्रकट गरेको छ । प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले आफूलाई कसैले खेतीयोग्य जमिन डुबानमा परेकोबारे जानकारी नगराएको बताए ।
सन् १९०१ मा नेपाल सरकारको सहमतिमा बनाइएको पाँच ढोके बाँधको मर्मतका नाममा भारतले सधैं नयाँ–नयाँ बाँध निर्माण गर्दै आएको स्थानीयवासी बताउँछन् ।

 

  • सम्बन्धित समाचार
Comments