अहेबको भरमा जिल्ला अस्पताल

वर्ग: देश
मिति: Tuesday,14th August 2012 00:15 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


सोलुखुम्बु, ३० साउन - तीनजना चिकित्सकको दरबन्दी रहेको सोलुखुम्बुको जिल्ला अस्पताल फाप्लु अहिले अहेबको भरमा सञ्चालित छ । अस्पतालका चिकित्सक राजकावी बानिया पनि तालिमका लागि भन्दै विराटनगर गएपछि अस्पताल चिकित्सकविहीन भएको हो । अहिले दैनिक २ सयको हाराहारीमा बहिरंग ९ओपीडी०सेवा लिन आउने गरेका बिरामी अहेबसँग जाँच गराएर फर्किने गरेका छन् । “डाक्टरको मुख देख्न पनि समस्या छ,” नेचाका कुमार भट्टराईले भने, “अहेब त गाउँमै थिए, डाक्टर भेट्न पो आठ घण्टा हिँडेर आइयो ।”अस्पतालमा बिरामी जाँचिरहेका अहेब टंक श्रेष्ठ आफैं अस्पताल चलाउनु बाध्यता भएको बताउँछन् ।
जिल्ला अस्पतालसँगै रहेको सरकारी प्रसूति केन्द्रमा पनि कहिल्यै डाक्टर नबस्ने कर्मचारीहरू बताउँछन् । “कहिले नियुक्ति वा सरुवा हुन्छ, कहिले अवधि जान्छ थाहै हँुदैन,” अहेब श्रेष्ठले भने, “कतिको त आइ नपुगी सरुवा हुन्छ ।” सो केन्द्रमा पनि एकजना चिकित्सकको दरबन्दी छ ।राम्रो उपचार पाउने आशामा जिल्ला अस्पताल आएकाहरू डाक्टर नभेटेपछि हवाईजहाज र हेलिकोप्टर चढेर काठमाडौं जाने गर्छन् भने मध्यमस्तरका ओखलढुंगास्थित मिसन अस्पताल जाने गरेका छन्  । गाडीसमेत नचल्ने भएपछि स्टेचरमा बोकेर अस्पताल पु¥याउनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन् ।

  • सम्बन्धित समाचार
Comments