आन्तरिक राजस्व संकलनमा वृद्धि

वर्ग: देश
मिति: Wednesday,1st August 2012 23:16 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

 

  • बुटवलबाट १ अर्ब २६ करोड
  • भैरहवाबाट १ अर्ब २५ करोड


भैरहवा, १७ साउन -रुपन्देहीमा रहेका आन्तरिक राजस्व कार्यालयहरूले आर्थिक वर्ष ०६८÷६९ मा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेका छन् । जिल्लाका बुटवल र भैरहवामा रहेका कार्यालयहरूले रुपन्देहीसहित, नवलपरासी, पाल्पा र गुल्मीमा राजस्व उठाउँदै आएका छन् ।
बुटवल कार्यालयले गत वर्ष १ अर्ब २६ करोड ४२ लाख संकलन गरेको छ । सो रकम लक्ष्यभन्दा २६.२२ प्रतिशतले तथा अघिल्लो वर्षको भन्दा ३६.४४ प्रतिशतले बढी रहेको प्रमुख कर अधिकृत सुरेश रेग्मीले जानकारी दिए । विभागले बुटवल कार्यालयका लागि १ अर्ब १ करोड ६० लाख ३ हजार लक्ष्य तोकेको थियो ।
कार्यालयले अन्तःशुल्कबापत ५० करोड ३५ लाख, आयकर ३७  करोड ८ लाख, मूल्य अभिवृद्धिकर (भ्याट)तर्फ २६ करोड ४ लाख, घर बहालकर २१ करोड ८ लाख, ब्याजकर ८ करोड ५१ लाख तथा शिक्षा सेवा कर ५६ लाख संकलन गरेको हो । आन्तरिक राजस्व कार्यालयको कार्यक्षेत्र बुटवल नगरपालिकाका साथै रुपन्देहीका १२ गाविस, नवलपरासीका नौ गाविस साथै पाल्पा र गुल्मी जिल्ला हुन् ।
उता, आन्तरिक राजस्व कार्यालय भैरहवाले पनि गत आवमा १ अर्ब २५ करोड ७९ लाख १६ हजार राजस्व संकलन गरेको छ । लक्ष्यभन्दा ३ करोड ३ लाख ६९ हजार बढी संकलन भएको कार्यालयका निमित्त प्रमुख तथा कर अधिकृत उद्धव न्यौपानेले जानकारी दिए । विभागले भैरहवा कार्यालयलाई १ अर्ब २२ करोड ७५ लाख ४७ हजार लक्ष्य तोकेको थियो ।
भैरहवा कार्यालयले गत वर्ष अन्तःशुल्कतर्फ ६४ करोड ५७ लाख, मूल्य अभिवृद्धिकरतर्फ ३१ करोड ६१ लाख, आयकरतर्फ २५ करोड ५० लाख, घर बहाल करतर्फ १ करोड ३६ लाख, ब्याजकर १ करोड ९९ लाख तथा शिक्षा सेवा कर ७३ लाख उठाएको थियो । भैरहवा कार्यालयको कार्यक्षेत्र सिद्धार्थनगर नगरपालिकाका साथै रुपन्देहीका ५७ गाविस, नवलपरासी सदरमुकाम र त्यहाँका दक्षिण पश्चिम क्षेत्रका गाविस रहेका छन् ।
बुटवल कार्यालयअन्तर्गत २० हजार ३ सय ३५ (भ्याटमा ३ हजार २ सय ७९) तथा भैरहवाअन्तर्गत १३ हजार ४ सय ९४ (भ्याटमा २ हजार ४ सय ३७) गरी कुल ३३ हजार ८ सय २९ करदाता रहेका छन् । कर असुलीमा कढाइ, करसम्बन्धी  जनचेतनामूलक कार्यक्रमलगायत कारणले असुली वृद्धि भएको कार्यालयले जनाएका छन् ।
 

  • सम्बन्धित समाचार
Comments