एनसेलको ‘मेरो नयाँ नम्बर’ योजना

वर्ग: बिजनेस
मिति: Wednesday,1st August 2012 23:30 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकाठमाडौं, १७ साउन -मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले व्यावसायिक समूहलाई लक्षित गर्दै ‘मेरो नयाँ नम्बर’ योजना ल्याएको छ । यो योजनामा अरू सेवा प्रदायकका पोस्टपेडका ग्राहकले कुनै शुल्क बिना तीन अंक पछिका नम्बर उही पाउने गरी एनसेलले नयाँ नम्बर दिने भएको छ ।
कम्पनीको यो योजनाबाट दुईवटा मोबाइल बोक्ने झन्झटबाट ग्राहक मुक्त हुने एनसेलका कर्पाेरेट कम्युनिकेसन म्यानेजर सन्जु कोइरालाले बताइन् । “अन्य सेवा प्रदायकका पोस्टपेडका ग्राहकले स्व–इच्छाले बिना कुनै रकम हाम्रो प्रो–प्लान योजनाअन्तर्गत आबद्ध हुन सक्नेछन्,” कोइरालाले भनिन् । यो योजनामा सहभागी हुनेले जुन सेवा प्रदायकबाट लिएको हो सोमा आगमन भइरहनेछ ।  
एनसेल सेन्टरबाट ग्राहकले ‘मेरो नयाँ नम्बर’ सुविधा लिन सक्नेछन् । राजधानीलगायत कम्पनीका २० वटा सेन्टर छन् । व्यापारिक क्षेत्र लक्षित गर्दै कम्पनीले सेन्टर विस्तार गरिरहेको छ ।
कम्पनीले गत ३÷४ महिना अघिदेखि यस्को परीक्षण गरिरहेको थियो । परीक्षणमा रहेका ग्राहकबाट उत्साहजनक प्रतिक्रिया आएपछि थप हौसला थपिएको कम्पनीले जनाएको छ । “व्यावसायिक समूहलाई हाम्रो योजनाले थप सहयोग गर्ने अपेक्षा लिएका छौं,” कर्पाेरेट कम्युनिकेसन म्यानेजर कोइलाला बताउँछिन् ।
प्रो–प्लानअन्तर्गत एनसेलले मासिक ९ सय ९९ रुपैयाँमा ७ सय मिनेट कल, ७ सय सन्देश र ७० मेगाविट डाटा सेवा दिएको छ । कम्पनीले कर्पाेरेट ग्राहकका लागि जुनसुुकै नेटवर्कमा फोन, सन्देश गर्दा पनि यत्तिनै शुल्कमा करबाहेक लाग्ने गरी ‘प्रो’ नामक नयाँ योजना ल्याएको हो ।
कम्पनीले प्रिमियम, प्लस र क्लासिक नामका तीन योजनामा सबै ग्राहकलाई लक्षित गरेको छ । मेरो नयाँ नम्बरमा भने प्रो–प्लानमा मात्रै ग्राहक आउन सक्नेछन् ।
 

  • सम्बन्धित समाचार
Comments