कारोबार रकम ५४ प्रतिशतले घट्यो

मिति: Thursday,2nd August 2012 22:55 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकाठमाडौं, १८ साउन -यो साता सेयर बजारको कारोबार रकम आधाभन्दा धेरैले घटेको छ ।  साताभर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा १ सय १० कम्पनीको ५ हजार ३ सय ६१ कारोबारबाट २० करोड ८० लाख ७३ हजार रुपैयाँबराबरको ६ लाख ९० हजार ५ सय १० कित्ता सेयरहरू खरिद बिक्री भएको छ ।
यो कारोबार रकम गत साताको तुलनामा ५४.८४ प्रतिशतले थोरै हो । गत साता १ सय १३ कम्पनीको ७ हजार ५ सय ५ कारोबारबाट ४६ करोड ७० हजार रुपैयाँबराबरका १४ लाख ५४ हजार ६ सय ७१ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
यो साताको कुल कारोबारमध्ये ‘क’ वर्गका कम्पनीहरूको मात्र १४ करोड ५६ लाख रुपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ । यो कुल कारोबारको ७० प्रतिशत हो ।
गत साता नेप्सेमा  पाँचदिन कारोबार भएको थियो, तर यो साता नेप्सेमा चार दिन मात्र कारोबार भएको छ । यो साताभर नेप्से परिसूचकमा सामान्य अंकको सुधार आएको छ । साताको पहिलो दिन आइतबार पाँच अंकभन्दा धेरैले घटेको नेप्से परिसूचक सोमबार, मंगलबार र बुधबार भने बढेको थियो । आइतबार कारोबार सुरु हुँदा ४०१.५४ अंकमा रहेको नेप्से परिसूचक साताभर ०.६६ अंकले बढेर बुधबार कारोबार बन्द हुँदा ४०२.१९ अंकमा पुगेको छ । साताभर ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेको छ ।
यो साता बिमा तथा अन्य समूहमा सुधार आएपछि नेप्से परिसूचकमा सुधार आएको हो । नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये जलविद्युत् ५.७७, अन्य ५.८७, होटल १०.०९ र बिमा ९.७६ अंकले बढेका छन् । तर, बैंकिङ ०.५, विकास बैंक १.८, उत्पादनमूलक ०.२३, व्यापार ४.२३ र वित्त २.२ अंकले घटेका छन् ।
यो साता चिलिमे हाइड्रोपावर कम्पनीको धेरै रकम बराबरको सेयर किनबेच भएको छ । किस्ट बैंकको धेरै कित्ता सेयर किनबेच भएको छ । साथै यो साता नेप्सेमा ऋणपत्रतर्फ कुनै पनि कारोबार भएन ।

साताको नेप्से
प्रिसूचक ः     ०.६६ ले बढ्यो
कारोबार रकमः २० करोड ८० लाख ७३ हजार
सेयर संख्याः     ६ लाख ९० हजार ५ सय १० कित्ता
कारोबार संख्याः         ५ हजार ३ सय ६१
धेरै रकम कारोबार हुने कम्पनीः     चिलिमे हाइड्रोपावर कम्पनी
 

  • सम्बन्धित समाचार