नेकपा-माओवादीको महाधिवेशन पुसमा
काठमाडौं,१ भदौ कास-नवगठित नेकपा - माओवादीको पहिलो महाधिवेशन अगामी पुस २५ देखि राजधानीमा हुने भएको छ । शुक्रबार पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै पार्टी प्रवक्ता पम्फा भुसालले महाधिवेशको मिति सार्वजनिक गरेकी हुन् । सचिव नेत्रबिक्रम चन्दको नेतृत्वमा ११ सदस्यीय महाधिवेशन मुल आयोजक समिति समेत गठन गरिएको छ ।



