पर्यटकीय सडकका काम प्रभावित

वर्ग: विकास
मिति: Thursday,16th August 2012 23:48 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, ३२ साउन -पर्याप्त बजेट विनियोजन नगर्दा देशभरका दर्जनौं पर्यटकीय गन्तव्यमा पुग्ने सडक विस्तार अन्योलमा परेको छ ।आर्थिक वर्ष २०६७/६८ बाट पर्यटन वर्षलाई ध्यानमा राखेर पर्यटन सडकको कार्यक्रमअन्तर्गत विभिन्न २३ सडक आयोजनाको निर्माण र सञ्चालनको घोषणा गरिए पनि बजेट अभावले गर्दा खास काम हुन नसकेको हो । यी सडकहरू पर्यटन वर्षभित्रै सम्पन्न गर्ने सरकारी लक्ष्य थियो । तर, पर्यटन वर्ष सकिँदासम्म यी आयोजना स्वीकृत समेत भएनन् ।
“पर्यटन सडकका कतिपय कार्यक्रम अहिलेसम्म कार्यक्रम स्वीकृतिकै चरणमा छन्,” भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्रालयका एक अधिकारीले भने, “सडक विभागले समयमै तोकिएको काम नगर्दा यस्तो अवस्था आएको हो ।” यी सडक आयोजनाका कार्यक्रम तोकिएकै समयमा सम्पन्न गर्न राष्ट्रिय योजना आयोगले निर्देशन दिए पनि मन्त्रालयको बेवास्ताका कारण एकसाथ कार्यक्रम स्वीकृत हुन नसक्दा काम ढिला भएकाले ती अधिकारीले बताए । उनका अनुसार अहिलेसम्म मन्त्रालय र विभागले यी सडकहरू सम्पन्न गर्न आवश्यक समयसीमा र निर्देशिका तयार गरेका छैनन् ।
सडक विभागको सरुवाबढुवा र भौतिक योजना मन्त्रालयमा हुने मन्त्रीको फेरबदलले यस्तो अवस्था आएको ती अधिकारीले बताए । उनका अनुसार पर्यटकीय सडक आयोजनाहरू नै राजनीतिक भागबन्डाका आधारमा छुट्याइएकाले थप समस्या परेको छ । अहिलेसम्म मन्त्रालयमा पर्यटकीय सडकको कार्यप्रगतिका बारेमा समीक्षा नभएको पनि उनले बताए । कार्यक्रम स्वीकृत गर्ने बेलामै भागबन्डाका आधारमा एउटा आयोजनाका लागि ४२ करोड रुपैयाँ विनियोजन गरिए पनि काम नभएको र रातो किताबमै सडकबारे स्पष्ट कार्यक्रम नराखिएकाले समस्या परेको उनी बताउँछन् ।
सरकारले पर्यटन वर्षभित्र सम्पन्न गर्ने गरी २३ वटा पर्यटन सडकका कार्यक्रम उल्लेख गरेको थियो, तर कुनै पनि सडकको हालसम्मको प्रगति र प्रतिफल, यो वर्ष विनियोजित बजेट र यो वर्ष सञ्चालन हुने कार्यक्रमबारे केही उल्लेख गरिएको छैन । इलामको बिप्ल्याँटे माइपोखरी, फिक्कल श्रीअन्तु गुफाताल, सुनसरीको झुम्का कोसीटप्पु पर्यटन सडक, नगरकोट भक्तपुर सडक, सप्तरीको राजविराज सखडा भगवती सडक, चितवनको लोथर लाम्वगर पर्यटकीय मार्ग, सौराहा पर्यटकीय सडक, महोत्तरीको जनकपुर बृहत्तर परिक्रमा सडक, ताप्लेजुङको सुकेटार पाथीभारा सडक, कास्कीको सातताल पर्यटकीय सडक, तनहुँको छिम्केश्वरी सडकलगायतका सडक बनाइने भने पनि केही सडक आयोजनाबाहेक अरूको काम नभएको अधिकारीहरू बताउँछन् ।
 

  • सम्बन्धित समाचार
Comments