पुष्पलाल लोकमार्ग सुचारु
दोलखा, २४ साउन -तीन दिनदेखि अवरुद्ध पुष्पलाल (नयाँपुल– मन्थली) लोकमार्ग बुधबारबाट आंशिक रुपमा सञ्चालमा आएको छ । आइतबार राती परेको मुसलधारे वर्षापछि ठाउँ- ठाउँमा गएको पहिरोले अवरुद्ध भएको लोकमार्ग सडक विभागले सफा गरेपछि आंशिक रुपमा सञ्चालनमा आएको हो ।
पहिरो गएर सडक अवरुद्ध भएपछि सोमबार बिहानैदेखि डिभिजन सडक कार्यालय चरिकोटले डोजर लगाएर सडक सफा गर्ने काम गरिरहेको थियो । डोजरले ठूलो पहिरो गएर सडक बगाएको ठाउँमा नयाँ ट्रयाक खोलेर सडक खुलाएको छ ।अरिवर वर्षापछि आएको पहिरोले भीरकोट गाविसमा सबैभन्दा बढी क्षति पुराएको छ । सडक खुलेपछि तीनदिनदेखि अलपत्र परेका यात्रुहरु आजबाट गन्तव्य तिर लागेका छन् ।



