बढ्यो संगीत बजार

वर्ग: अर्थरंग
मिति: Thursday,16th August 2012 23:35 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameपाइरेसीले विश्व संगीत बजार ओरालो लागेको गुनासो बढिरहँदा सन् २०१२ मा उल्टो ‘ट्रेन्ड’ देखिएको छ । विभिन्न तथ्यांकले यो वर्ष संगीत व्यापार बढ्ने देखाएका छन् । ६९ करोड ६० लाख डलर बराबरको संगीत व्यापार हुने अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४० प्रतिशतले धेरै हो । यसले पछिल्ला वर्षमा संगीतको व्यापार वार्षिक ८.५ प्रतिशतले बढेको देखाएको छ ।
विश्वव्यापी संगीत बजारमा सीडीको व्यापार सबैभन्दा अगाडि छ । यसले मात्र ६१ प्रतिशत बजार हिस्सा ओगटेको छ । यद्यपि यस्ता वस्तुको निर्माण विश्वव्यापी रूपमा १२ प्रतिशतले तथा बेलायतमा मात्रै ३० प्रतिशतले कम भएको छ ।
पछिल्ला तथ्यांकअनुसार बेलायतमा संगीतको बजार खुम्चिएको छ । त्यहाँ गत वर्षभन्दा १९ करोड पाउन्डले व्यापार कम हुने आँकलन छ । यसले विश्वव्यापी बजार नै २ प्रतिशतले संकुचित बनाउनेछ । यो संकुचनलाई अनपेक्षित मानिएको छ ।
पप तथा रक गीतका नयाँ सामग्री उत्पादनमा आएको ह्रासले विश्वकै ठूलो संगीत बजारलाई क्षति पु¥याएको छ । यद्यपि गीतको गुणस्तरमा भने वृद्धि भएको छ । यसले गत वर्षका तुलनामा खर्चको दर भने बढ्नेछ ।
स्ट्राटेजी एनालिस्टिकका अनुसार डिजिटल म्युजिकको बजार भने अझै बढ्दै जाने देखिएको छ । यस्ता उत्पादनले सीडीजस्ता भौतिक वस्तुको उत्पादनलाई उछिन्नेछ । विशेषगरी मोबाइलमा हुने संगीतको कारोबार उच्च रूपमा बढेको छ । डाउनलोड गरी संगीत सुन्नेको संख्या बढ्ने अनुमान छ ।
अध्ययनअनुसार विश्वमा संगीत उद्योगको विस्तार अझै बढ्दै जाने देखिएको छ । यसले संगीतको व्यापार ९३ प्रतिशतसम्मले बढ्ने प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा गायिका एडिलको एल्बममात्र ३९ हजार प्रति व्यापार भएको छ ।
स्विडेनमा पनि २०११ को सोही अवधि तुलनामा चालू वर्षको पहिलो ६ महिनामा संगीतजन्य उत्पादनको व्यापार ७९ प्रतिशतले बढेर २ करोड ४० लाख पाउन्ड पुगेको छ । त्यस्तै, संगीतको विज्ञापनबाट प्राप्त हुने आम्दानीसमेत २० प्रतिशतले बढेर ३४ लाख पाउन्ड पुगेको छ ।
रोयल्टीबाट प्राप्त हुने आम्दानीसमेत बढ्दै गएको छ । यसले संगीतका स्रस्टालाई समेत धेरै सुविधा पुगेको छ ।
पश्चिम युरोपमा मात्रै संगीतको बजार ४४ प्रतिशतसम्मले उकालो लागेको छ । यो व्यापारले अरु रोजगारहरूको आम्दानी पनि बढाएको छ । डाउनलोड गरिएका संगीतबाट प्राप्त हुने आम्दानीसमेत बढेको छ ।
 

  • सम्बन्धित समाचार
Comments