बर्जरको उत्पादन सुचारु

वर्ग: बिजनेस
मिति: Thursday,16th August 2012 23:51 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

हेटौंडा, ३२ साउन -बाह्र दिनदेखि बन्द रहेको हेटौंडा औद्योगिक क्षेत्रस्थित बहुराष्ट्रिय उद्योग बर्जर जोन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिको उत्पादन बिहीबारदेखि सुचारु भएको छ । मजदुर र व्यवस्थापन पक्षबीच बुधबार राति अबेर सहमति भएपछि बिहीबारदेखि उद्योगको उत्पादन सुचारु भएको हो ।
छलफलमा उद्योगको क्षमता वृद्धिका क्रममा थप सिफ्ट सञ्चालन गर्दा ठेकेदारमार्फत कार्यरत मजदुरहरूको व्यवस्थापनमा प्राथमिकता दिने सहमति भएको छ । योग्यता भएसम्म ठेकेदारमार्फत कार्यरत कर्मचारीहरूबाटै पदपूर्ति गर्ने र योग्यताभन्दा माथिल्लो तहको पदपूर्ति गर्दा बाहिरबाट समेत कर्मचारी नियुक्त गर्न सक्ने सहमति भएको छ । छलफलमा उद्योगको तर्फबाट कन्ट्री म्यानेजर शैवाल घोष, उद्योग संघ हेटौंडाका अध्यक्ष ऋषिराम घिमिरे, मकवानपुर उद्योग वाणिज्य संघका महासचिव माधव न्यौपाने, श्रम कार्यालय हेटौंडाका प्रमुख श्याम श्रेष्ठ, नेपाल टे«ड युनियन कांग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष तेजबहादुर गोदार, कारखाना श्रमिक संघका केन्द्रीय सदस्य यम श्रेष्ठ, कारखाना श्रमिक संघ बर्जर एकाइ अध्यक्ष भरत श्रेष्ठ लगायतको सहभागिता थियो ।
यसअघि पटक–पटक भएको वार्तामा उद्योगले आन्दोलनरत मजदुरहरूलाई आफ्नो मजदुरका रूपमा स्वीकार्न तयार नभएपछि वार्ता विफल हुँदै आएको थियो । आन्दोलित कर्मचारीहरूको व्यवस्थापनमा उद्योगले प्रतिबद्धता जनाएपछि कर्मचारीहरू काममा फर्किएको टे«ड युनियन कांग्रेस स्वतन्त्रका जिल्ला अध्यक्ष गोदारले बताए । ठेकेदारमार्फत कार्यरत मजदुरहरूले ठेकेदारी प्रथाको अन्त्य, नियुक्तपत्र उपलब्ध हुनुपर्ने र उद्योग चल्ने वातावरण तयार हुनुपर्ने माग राखेर गत आइतबारदेखि मुलगेटमा धर्ना दिई उद्योगको उत्पादन ठप्प पारेका थिए । ४० जना कर्मचारी कार्यरत उद्योगमा २३ मजदुर ठेकेदारमार्फत कार्यरत छन् ।

 

  • सम्बन्धित समाचार
Comments