बैंकको गाडीमा बम

वर्ग: राजनीति
मिति: Friday,10th August 2012 01:10 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


दाङ २६ साउन - दाङ्गको घोराहीमा केन्द्रीय कार्यालय वेष्ट्रन डेभलपमेन्ट बैकको जिपमा  शुक्रबार बम फेला परेको छ । बैंकको बा ८ च ७५६७ नम्बरको जिपमा ग्रिनेट बम भेटिएको हो । बैंकका कार्यकारी प्रमुख कमल वहादुर केसीको घर अगाडि पार्किङ गरेर राखिएको जिपको अघिल्लो भागमा बम झुण्डिएको अवस्थामा भेटिएको थियो । जिपमा बम रहेको थाहा भएपछि केसीले प्रहरीलाई खबर गरेका थिए । बम नेपाली सेनाको १९ नम्बर वाहिनी तुल्सीपुरको टोलीले बम डिष्पोज गराएको छ । जिपमा बम कस्ले राखेको भन्ने वारे अहिले सम्म थाहा हुन सकेको छैन । आँफुलाई कहिकतैबाट कुनै धम्की नआएको केसीले बताए ।
 

  • सम्बन्धित समाचार
Comments