युवासंगठनद्वारा सिंहदरबार घेराउ
काठमाडौं, २६ साउन -तरुण दललगायत १६ युवा विद्यार्थी संगठनहरूले प्रधानमन्त्रीको राजिनामा माग्दै ३ घण्टा मुलुकको मुख्य प्रशासनिक निकाय सिंहदरवार आज घेराउ गरेका छन् । विहान ९ बजेदेखि ११ बजेसम्म सिंहदरवारसँग जोडिएका नाकामा प्रदर्शन गरेका थिए । युवा संगठनहरुको प्रदर्शनका कारण सिंहदरवार भएर चल्ने सवारी साधन आवतजावतमा समस्या भएको थियो । युवा संगठनहरुले घेराउ गर्ने भएपछि सिंहदरवार वरपरको क्षेत्रमा बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । प्रधानमन्त्री बाबुराम भट्टराईको राजीनामा माग गर्दै विभिन्न चरणमा युवा विद्यार्थी संगठनहरूले संयुक्त रूपमा आन्दोलन गर्दै आएका छन् ।



