लालकुमारीलाई पेप्सीको अल्टो कार

वर्ग: बिजनेस
मिति: Wednesday,15th August 2012 22:55 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com


Nameकाठमाडौं, ३१ साउन - पेप्सीले यो सिजनमा सञ्चालन गरेको ड्रिंक एन्ड ड्राइभ ‘लक्की ड्र’ अन्तर्गत हेटौंडाकी लालकुमारी दाहालले बम्पर पुरस्कार प्राप्त गरेकी छन् । उनले बम्परमा सुजुकी अल्टो कार जितेकी हुन् । दाहाललाई अल्टो कार र अन्य विक्रेतालाई बजाज डिस्कभर मोटरसाइकल र सार्प एलसीडी टिभी हस्तान्तरण गरी बुधबार ड्रिंक एन्ड ड्राइभ योजनाको औपचारिक समापन भएको छ । यो योजना जेठ १९ गतेदेखि सुरु भएको थियो ।
पेप्सीका अनुसार एसएमएसमा आधारित यो अभियान ८ सातासम्म सञ्चालन गरिएको थियो । अभियानमा साढे २ लाख एसएमएस प्राप्त भएको बरुण बेभरेजले जनाएको छ ।
प्रवद्र्धन अभियानअन्तर्गत एक जना भाग्यशालीलाई बम्पर पुरस्कार तथा चौथो, पाँचौं, छैटांै, सातांै र आठौं साताको साप्ताहिक विजेताहरूलाई बुधबार नै पुरस्कार हस्तान्तरण गरिएको छ ।  कम्पनीका अनुसार चौथो, पाँचौं, छैटांै, सातौं र आठांै साताको बजाज डिस्कोभर मोटरबाइकहरू क्रमशः पुरानो बानेश्वरका मणि राजकलाखेती, कालोपुलका सुवास कटुवाल, गोंगबुका जयप्रकाश काफ्ले, लोकन्थलीका उत्तम खुलाल र जयवागेश्वरीका इन्दिरा कटुवालले जितेका छन् ।
 

  • सम्बन्धित समाचार
Comments