विदेश जाँदा प्रत्येक पटक २५ सय डलर

मिति: Thursday,9th August 2012 03:09 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकाठमाडौं, २४ साउन -भारतबाहेकका अन्य विदेशी मुलुकमा जाँदा प्रत्येक पटक २ हजार ५ सय अमेरिकी डलर सटही सुविधा उपलब्ध गराउन राष्ट्र बैंकले आफ्ना बैंकिङ कार्यालय, वाणिज्य बैंक, राष्ट्रियस्तरका विकास बैंक र मनी चेन्जरहरूलाई परिपत्र गरेको छ । बुधबार जारी परिपत्रअनुसार अभिभावकका साथमा जाने केटाकेटीलाई अधिकतम ५ सय अमेरिकी डलर थप सटही सुविधा पाइनेछ ।  
यसअघि यस्तो सुविधा वर्षमा अधिकतम दुई पटक मात्र लिन सकिने व्यवस्था थियो । विदेश भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानी र ‘कन्फम्र्ड’ हवाई टिकटको आधारमा सटही सुविधा दिनुपर्ने उल्लेख छ । त्यस्तै श्रम स्वीकृतिमा वैदेशिक रोजगारीमा जाने नेपालीलाई पनि अमेरिकी डलर ५ सय सटही सुविधा दिएको छ । भारतबाहेकका दक्षिण एसियाली मुलुकहरू र चीन (स्वसासित क्षेत्र तिब्बतबाहेक) मा जाँदा प्रतिपटक १ हजार डलर गरी अधिकतमा एक आवमा दुई पटक गरी २ हजार डलर सुविधा उपयोग गर्न सकिनेछ । योबाहेक बढी रकम आवश्यक भएमा औचित्यका आधारमा थप विदेशी मुद्रा उपलब्ध गराउने राष्ट्र बैंकले जनाएको छ ।
भारत बाहेकका अन्य मुलुकमा व्यवसाय प्रवद्र्धन, व्यापार मेला, व्यापार गोष्ठीमा जाने नेपालीलाई प्रत्येक पटक ५ हजार डलरसम्मको सटही सुविधा दिइने र यस्तो सुविधा सही उपभोग हुनुपर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ । यसअघि यस्तो सुविधा लिएर नामअनुसारको काम नभए ति व्यक्तिहरूलाई पुनः यो सुविधा दिइने छैन । औपचारिक भ्रमणका बेला भने अधिकतम सीमा लागू हुने छैन । सटही गरिएको विदेशी मुद्रा अधिकतम १ हजार डलरसम्म अर्को पटकका लागि सञ्चित गरी आफैंसँग वा आफ्नो नाममा बैंकमा विदेशी मुद्रा खाता खोली राख्न पाइनेछ ।
राहदानी र व्यापार प्रवद्र्धनवापतको सटही सुविधासम्बन्धी प्रत्येक महिनाको कारोबारको मासिक विवरण सम्बन्धित संस्थाले एकीकृत गरी महिना सकिएको १५ दिनभित्र राष्ट्र बैंकले दिएको डाँचाबमोजिम केन्द्रीय बैंकमा अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरिएको छ । तोकिएको ढाँचा र मितिमा तोकिएअनुरूपको विवरण केन्द्रीय बैंकमा पेस नगरे ती संस्थाको यससम्बन्धी कारोबार रद्द गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ । यो निर्देशनसँगै यसअघि जारी गरिएका सबै निर्देशनहरू खारेज गरिएको पनि राष्ट्र बैंकले जनाएको छ ।
 

  • सम्बन्धित समाचार
Comments