वीरगन्ज नाकाबाट १८ अर्बको निकासी

वर्ग: अर्थ
मिति: Thursday,2nd August 2012 22:42 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

वीरगन्ज, १८ साउन -वीरगन्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष ०६८/६९ मा भारत तथा तेस्रो मुलुकतर्फ गरी करिब १८ अर्ब रुपैयाँबराबरको मालसामान निकासी भएको छ । जसमध्ये भारततर्फ १४ अर्ब ६१ करोड र अन्य मुलुकतर्फ ३ अर्ब २३ करोड रुपैयाँको निर्यात भएको छ ।
भारत तथा तेस्रो मुलुक निकासी भएका मुख्य वस्तुहरूमा जुसजाम, फलामे पाइप, उनी गलैंचा कार्पेट, रेसाको कपडा, सेन्थेटिकको स्पोर्ट जुत्ता, दन्तमन्जन, सेन्थेटिक यार्न, प्लास्टिकका सामान, घुम्ती लहरी र तयारी कपडा रहेका छन् ।
गत आवमा भारतबाट मात्रै २ खर्ब २४ अर्ब १५ करोड ५८ लाख रुपैयाँको वस्तु आयात भएको छ । भारतबाट बढी आयात हुने वस्तुहरूमा सबैखाले सवारी साधन, इन्धन, औद्योगिक कच्चा पदार्थ आदि छन् ।
त्यसैगरी, तेस्रो मुलुकबाट ५७ अर्ब ३८ करोड ८५ लाखको मालसामान आयात भएको छ । तेस्रो मुलुकबाट बढी आयात हुने वस्तुहरूमा भटमासको कच्चा तेल, जिपकार र भ्यानहरू, खजुरको कच्चा तेल, हल्का पेय पदार्थका कन्सन्टे«ड, सूर्यमुखीको कच्चा तेल, एचआर सिट, डबलक्याब पिकअप गाडी, टेलिफोनका उपकरण, रंगीन टेलिभिजन र आल्मोनियम क्वायल रहेका छन् ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकृत गुणराज सुवेदी मुलुकको प्रमुख नाकाबाट आयात निर्यातको अनुपात हेर्दा व्यापार घाटा बर्सेनि बढ्दै गएको देखिने बताउँछन् । त्यसैगरी, यो भन्सारको राजस्व घाटासमेत बढदै गएको उनले बताए । गत आवमा राजस्व घाटा १२ अर्ब ४४ करोड ७० लाख रुपैयाँ रहेको उनले जानकारी दिए ।
राजस्व घाटा हुनुमा राजस्व छुटसम्बन्धी अर्थ मन्त्रायलयका पटके निर्णयहरू, कूटनीतिक नियोगका पदाधिकारीलाई दिइने छुट, आयोजनाका सामान आयात गर्दा तथा आर्थिक ऐनले दिने अन्य नीतिगत छुट मुख्य कारण रहेको प्रमुख सुवेदीले बताए ।
 

  • सम्बन्धित समाचार
Comments