श्रीलंकाको अर्थतन्त्र बलियो

वर्ग: विश्व
मिति: Thursday,9th August 2012 02:51 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameकोलम्बो, २४ साउन -विश्व अर्थतन्त्रमा विभिन्न खराबी देखा परे पनि श्रीलंकाको अर्थतन्त्र भने बलियै रहेको केन्द्रीय बैंकले जनाएको छ । बैंकले बाह्य अर्थतन्त्रको अवस्था कमजोरै रहे पनि देशको अर्थतन्त्रले आफ्नो लक्ष्य भेट्टाउनसमेत सफल हुने बताएको छ ।
बैंकले आफ्नो प्रतिवेदनमा विश्व अर्थतन्त्रले आफ्नो देशको आर्थिक विकासमा असर नपु¥याएको दाबी गरेको छ । बैंकले विश्व अर्थतन्त्रमा प्रतिकूलता देखा परेसँगै यसअघि चालू वर्षको लागि वार्षिक वृद्धिदर ७.२ प्रतिशतमा घटाए पनि यो लक्ष्य भेट्टाउन गाह्रो नभएको बताएको छ ।
बैंकले वर्षको दोस्रो अर्धवार्षिक अवधिमा अर्थतन्त्रमा थप सुधार आउने भन्दै कर्जा असुलीमा थप सहजता आउने अपेक्षा गरेको छ । यसले आर्थिक विकासमा देशलाई अगाडि बढाउन थप सजिलो हुने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बैंकले हाल अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको कर्जा ४१ करोड ४० लाख डलर भएको जनाएको छ । बैंकले गएको जुलाईमा १ अर्ब डलरबराबरको अन्तर्राष्ट्रिय सार्वभौम ऋणपत्र जारी गर्नसमेत सफल भएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय प्रवाहमा समेत सहजता उत्पन्न गराएको उसको भनाइ छ । बैंकले चालू वर्षमा देशको कुल सञ्चिति ७ अर्ब १० करोड डलर पुग्ने अनुमान समेत गरेको छ ।
यद्यपि मुद्रास्फीति वार्षिक रूपमा बढ्दै गएको छ । गएको जुलाईमा समेत मुद्रास्फीति जूनको ९.३ प्रतिशतको तुलनामा ०.५ प्रतिशतले बढेर ९.८ प्रतिशत पुगेको छ ।
बैंकका अनुसार मौसमले समेत अर्थतन्त्रको अवस्था निर्धारण गरिदिने गरेको छ । अहिलेको अवस्थामा मौसममा आएको सुधारले आन्तरिक मागको अनुपातमा खाद्यान्न वितरणमा समेत सहजता आएको बैंकको भनाइ छ ।
विभिन्न संक्रमणका कारणे मुद्रास्फीति प्रभावित भइरहने बैंकले जनाएको छ । बैंकले यो वर्ष मौसम अनुकूल भएकाले खाद्यान्न उत्पादन तथा वितरणमा कुनै बाधा उत्पन्न नभएकाले मुद्रास्फीति दोहोरो अंकमा भने नपुग्ने अपेक्षा उसले गरेको छ । यसका अतिरिक्त वितरण प्रणालीको राम्रो विकास भएकाले खाद्यान्न वितरणमा पनि समस्या नआउने बैंकको भनाइ छ । बैंकले चालू वर्षमा मुद्रास्फीति दोहोर अंकमा पुग्न नदिन हरसम्भव प्रयास गर्नेसमेत प्रतिवेदनमा उल्लेख गरेको छ ।
बैंकले चालू वर्षमा मौद्रिक नीतिमा कुनै परिवर्तन नहुने पनि स्पष्ट पारेको छ ।
 

  • सम्बन्धित समाचार
Comments