सवारी दुर्घटनामा ३ जनाको मृत्यु

वर्ग: राजनीति
मिति: Tuesday,7th August 2012 04:20 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com



सुनसरी २३ साउन -पूर्व - पश्चिम राजमार्ग अन्र्तगत सुनसरीको ईनरुवामा मंगलबार दिउँसो  सवारी दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । ना ४ ख ४१३ नम्बरको ट्रिपरले बा १६ प ५१८६ नम्बरको मोटरसाईकलसाई ठक्कर दिँदा विराटगनर ३ का विजय कुमार शर्मा र भारतीय नारिक बुद्ध मलमान जैनको मृत्यु घटनास्थमै मृत्यु  भएको हो । मोटर साईकललाई टक्कर दिएर अनियन्त्रित बनेको ट्रिपरले पूर्वबाट पश्चिम जाँदै गरेको यू एन को ६६ १ १७०९ नम्बरको प्राडोलाई ठक्कर दिँदा चालक काठमाडौका राजेश्याम थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ । दुर्घटनामा यूनाइटेडनेशनका कर्मचारी राम नारायण शाह र धिरेन कुमार यादव घाइते भएका छन् । उनीहरुको विराटनगर स्थित  न्यूरो अस्पताल र धरानको विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
 

  • सम्बन्धित समाचार
Comments