९४ लाख ५१ हजार भत्ता वितरण

वर्ग: देश
मिति: Tuesday,7th August 2012 04:15 AM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

दमौली, २३ साउन -कृषि विकास बैंक दमौली शाखाले ९४ लाख ५१ हजार ३ सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । कार्यालयले पहिलो चौमासिकमा २७ लाख ६९ हजार ५ सय, दोस्रो चौमासिकमा २७ लाख १४ हजार ८ सय र तेस्रो चौमासिकमा ३९ लाख ६७ हजार रुपैयाँ वितरण गरेको बैंकका शाखा अधिकृत भरतमणि रेग्मीले बताए ।
सामाजिक सुरक्षा भत्ता वितरणका लागि पहिलो चौमासिकमा ३० लाख ९६ हजार ६ सय, दोस्रो चौमासिकमा ३० लाख ३५ हजार ३ सय र तेस्रो चौमासिकमा ३७ लाख ७१ हजार ६ सय गरी ९९ लाख १३ हजार रुपैयाँ विनियोजन भएको थियो ।
यसअघि व्यास नगरपालिका कार्यालयले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता हालैमात्र कृषि विकास बैंकमार्फत् वितरण गर्ने व्यवस्था मिलाइएको थियो । सामाजिक सुरक्षा भत्ता वितरणमा बाँकी रहेको ४ लाख ६१ हजार ७ सय रुपैयाँ व्यास नगरपालिकालाई नै फिर्ता गरिएको रेग्मीले बताए ।
सामाजिक सुरक्षा भत्ता नगरपालिकाका ११ वटै वडाका जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक अन्य, एकल महिला, पूर्ण अशक्तता, आंशिक अशक्तता, लोपोन्मुख आदिवासी, विपन्न दलित बालबालिका गरी १ हजार ५ सय १८ जनालाई वितरण गरिएको उनले जानकारी दिए ।
रेग्मीका अनुसार सामाजिक सुरक्षा भत्ता पाउनेमा २ सय २४ जेष्ठ नागरिक दलित, ७ सय २६ जेष्ठ नागरिक अन्य, २ सय ९५ एकल महिला, २० पूर्ण अशक्तता, ६ आंशिक अशक्तता, ३ लोपोन्मुख आदिवासी र २ सय ४४ जना विपन्न दलित बालबालिका रहेका छन् ।
 

  • सम्बन्धित समाचार
Comments