‘अरूलाई पनि सहयोग गर्नुहोस्’

वर्ग: देश
मिति: Thursday,2nd August 2012 23:24 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

Nameबेलापुर–३ की ८ वर्षीया करिष्मा बिक गाउँ पुग्दा आफन्तको यादले उकुसमुकस हुँदै एक्कासि रुन्छिन् । एचआईभीले आमाबुबाको मृत्यु भएपछि बेसहारा बनेका करिष्मा, तेज, सुनिता र लक्ष्मी बिकसमेत आमाबुबाको मृत्युको पीडा सहन नसकी रोहिरन्छन् । उनीहरू डाको छोडेर रुँदा गाउँका सबैको मन अभिवावकविहीनताको पीडाबोधले छियाछिया हुन्छ ।
कक्षा ५ मा अध्ययनरत १७ वर्षीया लक्ष्मी विक, कक्षा ४ मा अध्ययनरत १२ वर्षीय तेज, कक्षा ५ मा अध्यनरत सुनिता र ३ कक्षामा अध्ययनरत ८ वर्षीया करिष्मा बेलापुर फर्किएपछि भक्कानिएका हुन् । जिल्लास्थित विभिन्न सरकारी एवं गैरसरकारी संघसंस्थाहरूले चन्दा संकलन गरी ९५ हजार सहयोग गरेपछि बालबालिका पुख्र्यौली घर जान पाएका थिए ।
एचआईभी लागेपछि उनीहरूलाई विभिन्न संघसंस्थाको पहलमा धनगढीमा रहेको नवकिरण प्लस कैलालीद्वारा सञ्चालित कोपिला आश्रम स्याहार केन्द्रमा तीन वर्षसम्म राखिएको थियो ।
आँसु झार्दै संक्रमित बालिका लक्ष्मीले भनिन्, “बुवाले बनाएको घरमा पुनः बस्न पाइएला भन्ने सोचेको थिइनँ, हामीलाई यो अवस्थामा ल्याई पु¥याउनेलाई कसरी धन्यवाद दिऊँ ?” करिब दुई वर्षदेखि स्थानीय विजया सैनी उमावि चामाचौडमा बस्दै आएका उनीहरू पाँच वर्षपछि यही असारमा घर आइपुगेका थिए ।
चन्दा संकलन गरी भत्किएको घर निर्माण, पढाइ तथा खान खर्च जुटाइएको जिल्ला एड्स समन्वय समितिका संयोजक दिपक कुँवर बताउँछन् । यद्यपि, संक्रमित बालबालिकाका लागि जीविकोपार्जन हुने दिगो कार्यक्रम ल्याउनुपर्ने आवश्यकता रहेको कार्यक्रम सयोजक धर्म सिंह ऐरले बताए ।
आफन्तले ‘एचआईभी सर्छ’ भन्दै आफ्नै घरमा पनि बस्न नदिएकाले केही वर्ष दुःख पाउनुपरेको उनीहरू बताउँछन् । जिल्लामा अन्य संक्रमित बालबालिका पनि अपहेलित र तिरष्कृत भएको भन्दै उनीहरूले आफूहरूलाई सहयोग गर्ने संघसंस्थाका प्रतिनिधिसँग सहयोगको आग्रह गरेका छन् ।
जिल्लामा एचआईभी संक्रमणमा परी १२ जनाले ज्यान गुमाएका छन् भने ६१ जना प्रभावित रहेको जिल्ला एड्स समन्वय समितिले जनाएको छ ।
 

  • सम्बन्धित समाचार
Comments