एभरेस्टले कारोबार सुचारु गर्ने

मिति: Wednesday,19th September 2012 22:38 PM
  • vote 1
  • vote 2
  • vote 3
  • vote 4
  • vote 5
पछी पढ्नलाई लग इन गर्नुहोस्
प्रस्तुति:

कारोबर सम्बाददाता

info@karobardaily.com

काठमाडौं, ३ असोज - एभरेस्ट इन्स्योरेन्सले बिहीबारदेखि सम्पूर्ण कारोबार सुचारु गर्ने भएको छ । बिमा समितिले कारबाही गरेपछि दाबी भुक्तानी मात्र गरी नयाँ बिमालेख नलिने अनौपचारिक निर्णय गरेको एभरेस्टले बुधबार समितिसँगको छलफलपछि कारोबार सुचारु गर्ने जनाएको हो ।
कम्पनी सचिव केवलकृष्ण श्रेष्ठले दाबीभुक्तानीको काम फछ्र्योट गर्न तत्काल नयाँ बिमालेख लिने काम मात्र रोकिएको भए पनि अब सबै काम सुचारु हुने बताए । “आगामी दिनमा एकजुट भएर कम्पनीलाई अघि बढाउँछौं,” कम्पनीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, “यो बीचमा समिति र कम्पनीबीच अनावश्यक आक्षेप लगाउने काम भएको भन्दै आगामी दिनमा सचेत भएर अघि बढ्छौं । बिहीबार समितिमा सञ्चालकसहित कम्पनी सचिव र अन्य कर्मचारीसमेत पुगेका थिए । अघिल्लो मंगलबार एभरेस्ट सञ्चालक समितिले कम्पनी खारेजीमा लैजाने आशयसहित नयाँ व्यवसाय नगरी दाबी भुक्तानी मात्र गर्ने समाचार सार्वजनिक भएपछि बिमा समितिले  बिहीबार तीन दिने स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणमा चित्त नबुझेपछि समितिले एभरेस्ट सञ्चालकलाई बुधबार समितिमै छलफल गरेको छ । गत असारमा २ हजार ४ सय ७५ दाबी भुक्तानी संख्या रहेकामा यसबीचमा १ सय दाबी भुक्तानी पछ्र्योट भएको श्रेष्ठले बताए ।
समितिले केही दिनअघि खेतानसम्बद्ध हिमालयन स्न्याक्स एन्ड नुडल्सको दाबी भुक्तानीलाई लिएर प्रमुख कार्यकारी अधिकतसहित चार जनालाई नगद जरिवाना तथा सञ्चालकहरूलाई चेतावनीसहित कम्पनीको अग्नि बिमामा रोक लगाएको थियो ।
यसैबीच एभरेस्टमा अध्यक्ष राजेन्द्रकुमार खेतान र सञ्चालक प्रेमप्रकाश खेतानले रानीनामा दिएका छन् । उपाध्यक्ष रतनलाल संघाईलाई सञ्चालक समिति अध्यक्ष बनाइएको छ । अन्य सञ्चालकहरू भने निरञ्जनकुमार टिवडेवाला, मधुसूदन अग्रवाल, वीरेन्द्रकूमार शाह, ओमप्रकाश सिकारिया, रविकुमार टिवडेवाला र प्रसाद ज्ञवाली छन् । खेतान दाजुभाइ हुन् । कम्पनी अनावश्यक विवादमा परेपछि राजेन्द्रले अध्यक्षबाट र प्रेमप्रकाश खेतान समूहकै प्रवद्र्धनमा रहेको प्राइम लाइफ इन्स्योरेन्समा अध्यक्ष भएपछि एभरेस्ट छाडेको बताइन्छ ।
 

  • सम्बन्धित समाचार
Comments