चुच्चेपाटीमा ‘सुज प्यालेस’
काठमाडौं, ३० भदौ - काठमाडौंमा पहिलोपटक सबै प्रकारका जुत्ता चप्पल एकैथलोबाट उपलब्ध गराउन ‘सुज प्यालेस’ शुभारम्भ गरिएको छ । नयाँ अवधारणाका साथ समयको मागअनुसार सबै खालका जुत्ता चप्पलहरू एकै ठाउँमा उपलब्ध गराउने उद्देश्यले सुज प्यालेस शुभारम्भ गरिएको व्यवस्थापनले जनाएको छ ।
शनिबार आयोजित कार्यक्रममा चलचित्र नायक जीवन लुइँटेलले सुज प्यालेसको उद्घाटन गरेका हुन् । कार्यक्रममा नायक लुइँटेलले सुज प्यालेसमा बिक्री वितरण गर्न राखिएका विभिन्न ब्रान्डका जुत्ता तथा चप्पलले उपभोक्ताको मन लोभ्याउन सक्ने बताए । प्यालेस राजधानीको चाबहिल, चुच्चेपाटीमा अवस्थित छ ।
प्यालेसमा कर्पोरेट, बिजनेस, अफिसियल, इकोनोमिक सबै किसिमका वर्गलाई लक्षित गरी बेसिकदेखि प्रिमियमसम्मका स्वदेशी तथा विदेशी जुत्ता तथा चप्पल उपलब्ध गराइएको छ । व्यवस्थापनका अनुसार सुज प्यालेसमा बच्चा, महिला, तथा पुरुष सबै उमेर समूहलाई सुहाउँदो आधुनिक मोडेलका फेसनेवल डिजाइनका स्पोर्टस्, लेडिज, अफिसियल, पार्टी, क्याजुयल, स्कुल, कलेज जुत्ता तथा चप्पल पाइनेछ । विशेषतः महिलाहरूका लागि जुनसुकै पहिरनमा पनि आकर्षक देखिने गुणस्तरीय जुत्ता तथा चप्पलहरू नाफा मुखीभन्दा सेवामुखि भई बिक्री वितरण गरिनेछ ।
। स्टोरको शुभारम्भको अवसरमा सुरुको पाँच दिनका लागि विशेष छुट एवं प्रिभिलेज कार्डको समेत व्यवस्था गरिएको छ । तीजलाई मध्यनजर गर्दै यस अवसरमा जुत्ता चप्पल खरिद गर्ने महिलालाई तीज विशेष आकर्षक उपहारको समेत व्यवस्था गरिएको छ । प्यालेसको शुभारम्भको पाँच वर्षभित्र देशका विभिन्न सहरहरूमा यसको चेन स्टोरका रूपमा आउटलेट खोल्ने लक्ष्य राखेको जनाइएको छ ।



