डेलको शाखा पुतलीसडकमा
काठमाडौं, २६ भदौ - विश्वप्रसिद्ध कम्प्युटर तथा ल्यापटप उत्पादक कम्पनी डेलले मंगलबार काठमाडौं पुतलीसडकको ग्लास हाउसमा आफ्नो शाखा विस्तार गरेको छ । डेलको आधिकारिक वितरकका रूपमा भिम्सारिया ग्रुप अफ कम्पनीका नाममा उक्त शाखा विस्तार भएको हो । यसले नेपाली बजारमा आफ्नो व्यापार विस्तारमा थप सहयोग मिल्ने कम्पनीको विश्वास छ ।
नेपालमा विगत दुई वर्षयता कम्पनीले आफ्नो व्यापार निकै विस्तार भएको जनाएको छ । उक्त शाखाको डेलका उपमहाप्रबन्धक तथा व्यापार तथा वितरण शाखा प्रमुख मुसावीर चिस्टिले उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बोल्दै उनले यो शाखा विस्तारसँगै नेपालमा कम्पनीको व्यापार विस्तारमा ठूलो सहयोग पुग्ने बताए । उनले डेलले समय तथा मागबमोजिमका सामान उत्पादन गर्दै जाने र आफ्ना उत्पादन नेपाली उपभोक्ता माझ निकै लोकप्रिय हुनेमा विश्वाससमेत व्यक्त गरे ।
विश्वका विभिन्न देशहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको कम्पनीले कम्प्युटर तथा ल्यापटपका साथै कम्प्युटरमा प्रयोग हुने विभिन्न सामग्री उत्पादन गर्र्दै आएको छ । समारोहमा कम्पनीकी बिजनेस डेभलपमेन्ट म्यानेजर साहमाला पुरानचन्दरनको समेत उपस्थिति थियो ।



