गाडीको ठक्करबाट बालकको ज्यान गयो
नुवाकोट,१८ पुस - नुवाकोट सदरमुकाम बिदुरमा बुधबार मिनि ट्रकको ठक्करबाट एक बालकको ज्यान गएको छ । बिदुर नगरपालिका- १० स्थित त्रिशुली पुरानो बजारमा चामल लोड गरिएको बा २ ख ८७५४ नंम्बरको मिनिट्रकले ठक्कर दिँदा सडकमा खेलिरहेका देउराली–२ का डेढ वर्षीय बालक अरुण तामाङको मृत्यु भएको हो । उनको उपचारको क्रममा त्रिशुली अस्पताल लैजादै गर्दा माटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । घटना लगतै मिनिट्रक चालक फिकुरी गाबिसका बद्री प्रसाद देबकोटालाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले नियन्त्रणमा लिएको छ ।



